Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

नेपाल ५ विकेटले विजयी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, बैशाख, ४
नेपाल ५ विकेटले विजयी

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत किर्तिपुरमा नामिबियासँग भएको खेलमा नेपाल ५ विकेटले विजयी भएको छ ।
१९६ रनको लक्ष्य पछ्याएको नेपालले ५ विकेट गुमाउदै लक्ष्य भेटाएको थियो ।
शरद भेषवाकार र विनाेद भण्डारीकाे फराकिलाे साझेदारीले नेपाललाई जित सहज भएकाे हाे । उनीहरु ‍‍‍८४ रनकाे साझेदारी गरे ।
नेपालका लागि ज्ञानेन्द्र मल्लले ४० बलमा २१ रन, नरेश बुढायरले ३० बलमा १६ रन, पारस खड्का ३२ बलमा २१ रन र राजु रिजालले ११ बलमा ६ रन जोड्न सफल भए ।
यसअघि, टस जितेर ब्याटिङ रोजेको नामिबियाले नेपाललाई १९५ रन बनाएको थियो । नामिबियाले पुरै ओभरमा ९ विकेट गुमाउँदै १९५ रन जोड्न सफल भएको हो ।
नेपालका लागि बसन्त रेग्मीले ३ विकेट, सोमपाल कामी २ विकेट लिए भने पारस खड्का र सन्दिप लामिछानेले १÷१ विकेट लिएभने दुई रनआउट लिएका थिए ।

naima expoTop Changing Nepal

युट्युब सट्स