मैदानमा कहिले फर्किन्छन् नेइमार ?
काठमाडौँ । ब्राजिलका फुटबलर नेइमार छिट्टै मैदानमा फर्किने तयारी गरेका छन् । गतबर्षको नोभेम्बरमा घुँडाको लिगामेन्ट इन्जुरिका कारण मैदान बाहिर रहेका नेइमारले गोप्य रुपमा आफ्नो इन्जुरिबाट फर्किन तयारी गरिरहेको भएपनि उनी कहिले देखि मैदानमा फर्किन्छन् भन्ने स्पष्ट भएको छैन ।
३२ बर्षिय नेइमार साउदी क्लब अल हिलालमा गएपनि केवल ५ खेल खेलेका छन् र एक गोल मात्र गरेका छन् । यस अघि सेप्टेम्बर वा बढीमा अक्टोबरसम्म नेइमार पूर्ण रुपमा फिट हुने बताइएको थियो । नेइमारले पनि सामाजिक सञ्जालमा एक पोष्ट गर्दै ‘वर्क इन् साइलेन्स’ भन्दै ऊनी २०२४ मा मैदानमा नदेखिने रिपोर्टको जवाफ दिएको बुझिएको छ ।
नेइमारले हाल अल हिलालको रिह्याब सेन्टरमा कडा मिहिनेत गरिरहेको बताइएको छ । यसैबीच अल हिलालले भने नेइमारलाई जनवरीसम्म आफ्नो साउदी प्रो लिगको टिमबाट बाहिर राखेको छ । अल हिलालले नेइमारलाई एशियन च्याम्पियन्स लिगको टिममा भने समावेश गरेको छ । लिगमा ८ विदेशी खेलाडी मात्र राख्न पाउने भएका कारण नेइमारलाई टिम बाहिर राखिएको बताइएको छ । अल हिलालले नेइमार ठिक भएपनि साउदी लिगमा जनवरीपछि मात्र खेलाउने संकेत देखिएको छ ।
सम्बन्धित समाचार
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

