विश्वप्रसिद्ध मर्सिडीज-बेन्ज र जीली ग्लोबल संग सहकार्य भएको ब्रान्ड स्मार्ट अब नेपालमा चाडैँ लञ्च हुदैँ
काठमाडौँ । सीजी मोटर्सले नयाँ ईभी स्मार्ट #१ र स्मार्ट #३ को नेपालमा लञ्च गर्न लागेको छ , जसले ईलेक्ट्रिक ड्राइभिङ्गमा आधुनिकताको नयाँ लहर ल्याउने बताइएको छ। नयाँ पुस्ताका स्मार्ट सवारीहरू विश्वव्यापी मर्सिडीज-बेन्ज डिजाइन नेटवर्कद्वारा डिजाइन गरिएको र जीली ग्लोबल इन्जिनियरिङ टीमद्वारा इन्जिनियर गरिएको छ। चीनमा उत्पादन हुने यी सवारीहरू छिटो बढ्दो बी-सेगमेन्टको लागि तयार गरिएका छन्, जसले चालकलाई प्रिमियम प्रविधिको अनुभव दिनेछन् ।
विश्वभरि १६ लाख भन्दा बढी स्मार्ट सवारीहरू बिक्रीको साथ, ब्रान्डले छोटो समयमा नै अन्तर्राष्ट्रिय बजारमा नाम कमाउन सफल रहेको बताइएको छ। दुवै मोडेलले सुरक्षा सुनिश्चित गर्दै फाइभ स्टार यूरो एनसीएपी सेफ्टी रेटिङ प्राप्त गरेका छन् । अत्याधुनिक ड्राइभर-असिस्ट, आकर्षक डिजाइन र नव प्रविधि जस्ता विशेषता स्मार्टमा सामेल छन्।
विश्वव्यापी मर्सिडीज-बेन्ज डिजाइन नेटवर्कद्वारा डिजाइन गरिएको र जीली ग्लोबल इन्जिनियरिङ टीमद्वारा इन्जिनियर गरिएको स्मार्ट #१ र #३ अब छिटै नेपालमा प्रक्षेपण हुदैँ र नेपालको ड्राइभिङ अनुभवलाई दिगो र स्मार्ट भविष्यतर्फ अघि बढाउने कम्पनीले बताएको छ ।
सम्बन्धित समाचार
गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६ः शीर्ष ६ फाइनलिस्ट घोषणा
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

