इमेजखबरको फेसबुक पेज ह्याक गर्नेलाइ प्रहरीले यसरी समात्यो
इमेज च्यानलको फेसबुक पेज ह्याक गरेको अभियोगमा बर्दीया देउडाकला–३ माछाकला घर भई नेपालगंज–२ बाँके बस्ने ताजा मिडियाका संचालक २८ बर्षीय प्रेम बहादुर वि.क.लाई पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ ।
नेपाल प्रहरीका अनुशार च्यानलको फेसबुक पेज मध्ये इमेजखवर पेजमा हाम्रा भ्युवर माझ अन्यन्त लोकप्रिय रहेको र उक्त पेजको करीव १५ लाख भन्दा बढी लाईक रहेकोमा अज्ञात व्यक्तिले उक्त पेज ह्याक गरी अर्को पेजमा मर्ज गरेको हुदाँ आवश्यक कानूनी कारवाही गरी पाउ भनी महानगरीय अपराध महाशाखामा उजुरी दिएपछि खटिएको प्रहरीले वि.क.लाई पक्राउ गरी आइतबार महाशाखामा ल्याएको हो । प्रहरीले वि.क.को साथबाट २ थान ल्यापटप र २ थान मोवाइल समेत बरामद गरेको छ ।
प्राप्त सवुत प्रमाणको एनलाइस र टेक्निकल इन्टेलेन्स को माध्यमबाट अनुसन्धान गर्दै जाँदा च्यानलको उक्त पेज ह्याक गरी नयाँ फेसबुक पेज भाइरलखवर बनाई संचालनमा ल्याएको फेला परेको थियो । वि.क. उपर बिद्युतीय कारोवार ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताएको छ ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


