Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

अण्डरवल्र्ड डन दाउदको खुट्टा काट्नु पर्ने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, बैशाख, १७
अण्डरवल्र्ड डन दाउदको खुट्टा काट्नु पर्ने

भारतीय मुलुक पाकिस्तानमा बस्दै आएका अन्डरवल्र्ड डन दाउद इब्राहिमले आफ्नो खुट्टा काट्नु पर्ने भएको छ ।
उच्चरक्तचाप र चिनि रोगबाट पीडित दाउदले शरिरको अरु अंग बचाउन खुट्टा काट्नु पर्ने अवस्था आएको हो ।
उनलाई ‘गेंग्रीन’ नामक रोग लागेको छ । यो रोक लागेका मानिसको शरीरका अंग मृत हुन्छन् र क्रमशः पुरै शरीर प्रभावित भई मृत्यु हुन्छ । दाउदको खुट्टा उक्त रोगबाट प्रभावित भएको बताइन्छ । त्यसैले चिकित्सकले उनको खुट्टा काट्न सुझाव दिएको बताइन्छ ।

उनको उपचारमा संलग्न चिकित्सकले खुट्टा काटेर बाँकी शरीरका अंग बचाउनबाहेक अरु कुनै विकल्प नरहेको बताएका छन् ।

उनी हाल हिँडडुल गर्नसमेत नसक्ने भएका छन् । पाकिस्तानको कराँचीस्थित लियाकत नेशनल अस्पतालका चिकित्सकले उनको उपचार गरिरहेको बताइएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स