Jankari Kendra
५ भाद्र २०८३, शुक्रबार
Worldlink

बर्षा नरोकिएपछि आन्तरिक उडान अझै बन्द

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, आश्विन, १२
बर्षा नरोकिएपछि आन्तरिक उडान अझै बन्द

काठमाडौँ । लगातारको वर्षापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान आजपनि बन्द गरिएको छ ।

वर्षा नरोकिएको र वैकल्पिक विमानस्थल नहुँदा आन्तरिकतर्फ उडान हुन नसकेको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय तर्फ भने शनिवार दोहाबाट आएको कतार एयरवेजको विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ ।

यस अघि भारी बर्षापछि शुक्रबार साँझ ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्म आन्तरिक उडान बन्द गरिएको थियो ।

Top Changing Nepal

युट्युब सट्स