नुवाकोटमा सीएफमोटो र जिहोको शोरुम विस्तार, काठमाडौंबाट राइडर पुगे नुवाकोटको साततले दरवार
काठमाडौं । सीएफमोटो तथा जिहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रडिङ कम्पनीले नुवाकोटमा डिलर विस्तार गरेको छ । नुवाकोटको लागि आधिकारिक डिलरको रुपमा भैरवी इन्भेस्टमेन्ट कम्पनीले शोरुम स्थापना गरेको बताइएको छ।
एक समारोहका बिच उक्त शोरुम विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठले उद्घाटन गरे । सो अवसरमा नुवाकोटका राइडरलाई समेत विभिन्न नयाँ अनुभव प्रदान गर्नका लागि यी दुई ब्रान्डले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा नगर प्रमुख श्रेष्ठले गरे ।
यो भन्दा पहिले सीएफमोटो तथा जिहोको नक्सालस्थित शोरुमबाट १५ राइडरले आफ्नो राइड प्रारम्भ गरेर नुवकोटको बट्टार पुगेका थिए । उनीहरु नक्साल शोरुमबाट नुवाकोट र काठमाडौंको सिमाना शिवपुरी डाँडा हुँदै बट्टार पुगेका हुन् । उद्घाटन को अबसर पारेर भैरबी इन्भेस्टमेन्ट ले ५ थान स्कुटर ग्राहकलाई हस्तान्तरण समेत गरेको छ।
नेपाली बजारमा सिएफमोटो एनके २५० तथा हालै भित्रिएको एमटी ४५० मुख्य आकर्षणको रुपमा रहेका छन् । त्यसैगरी जिहो एई६ प्लस र एई८ मोडल उपलब्ध छन् ।
सम्बन्धित समाचार
गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६ः शीर्ष ६ फाइनलिस्ट घोषणा
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

