‘हरिबहादुरको जुत्ता’ मा प्रियंका कार्कीको इन्ट्री
जानकारी केन्द्र
२०८१, कार्तिक, २६
काठमाडौँ । दीपेन्द्र के. खनालको निर्देशनमा बन्न लागेको फिल्म ‘हरिबहादुरको जुत्ता’मा प्रियंका कार्कीको इन्ट्री भएको छ । अभिनेताद्वय हरिवंश आचार्य, प्रकाश सपूत र मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्कापछि प्रियंकाको इन्ट्री भएको हो । फिल्मका निर्माता र निर्देशकले प्रियंकासँग कागजी सम्झौता गरेका छन् ।
प्राप्त जानकारी अनुसार यस फिल्ममा प्रियंकाको सहायक भूमिका हुनेछ । आफैं फिल्म निर्माणको तयारीमा समेत रहेकी प्रियंकाको निर्देशक खनालसँग यो चौंथो सहकार्य हुनेछ । यसअघि उनले खनालसँग ‘भिजिलान्ते’, ‘झोले’ र ‘चंगा चेट’मा काम गरेकी थिइन् ।
फिल्ममा पटकथा तथा संवाद हरिवंश आचार्यको रहेको छ । फिल्मको छायांकन आगामी माघको दोस्रो सातादेखि काभ्रेमा हुने जनाइएको छ ।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

