बलिउड फिल्म बाजिगरको सिक्वेल बन्ने
काठमाडौँ । बलिउडका किङखान शाहरुख खानको सुपरहिट फिल्म बाजिगरको सिक्वेल बन्ने भएको छ । बाजीगरका निर्माता रतन जैनले ‘बाजीगर’को सिक्वेलका लागि आफूले शाहरुखसँग छलफलमा रहेको पुष्टि गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । हालसम्म निर्माताले कुनै स्क्रिप्ट अर्थात योजना प्रस्तुत नगरेको तर सिक्वेल बनाउने आइडियामा छलफल भइरहेको रिपोर्टमा उय्ल्लेख छ । यस फिल्ममा शाहरुख खान फेरि एकपटक मुख्य भूमिकामा देखिनेछन् ।
ओरिजिनल बाजीगर फिल्ममा अन्याय नहोस् र फ्यानले सिक्वेल पनि मन पराउनका लागि यो फिल्मको लागि राम्रो स्क्रिप्ट ल्याउने निर्माता जैनले बताएका छन् । रतन जैनले पटकथासँगै सिक्वेललाई पनि नयाँ दिशा चाहिने बताए ।
बाजीगरको सिक्वेलको बारेमा कुरा गर्दै निर्माता रतन जैनले भनेका छन्- बाजीगर २ को लागि हामीले शाहरुखसँग कुरा गरेका छौं । हामी अहिलेसम्म कुनै निष्कर्षमा पुगेका छैनौं, तर यो अवश्य बनाइनेछ । निर्माताको यो भनाइ सुनेर दर्शकले छक्क पर्नुहोला।’ बाजीगर सन् १९९३ मा रिलिज भएको थियो । फिल्मलाई अब्बास–मस्तानले निर्देशन गरेका थिए ।
रिपोर्टहरू विश्वास गर्ने हो भने, यो फिल्म सबैभन्दा पहिले अनिल कपूरलाई अफर गरिएको थियो । यद्यपि, अनिल कपुरले मिति र समय तालिकाको कारणले यसलाई अस्वीकार गरे, त्यो समयमा अनिल कपुर रूप रानी चोरोंका राजा गर्दै थिए । त्यसपछि यो फिल्म सलमान खानलाई अफर भयो तर उनका बुबा सलीम खानलाई स्क्रिप्ट मन परेन र अन्ततः यो फिल्म शाहरुख खानलाई अफर गरिएको थियो ।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

