Jankari Kendra
२ भाद्र २०८३, मंगलवार
Worldlink

झापामा फलामको रड प्रहार गरी छिमेकीको हत्या, एक पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, मंसिर, २
झापामा फलामको रड प्रहार गरी छिमेकीको हत्या, एक पक्राउ

झापा । झापामा फलामको रड प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका वडा नम्बर ५ का २६ वर्षीय मानकुमार राजवंशी छन्।

शनिबार राति सवा ९ बजे छिमेकी ४५ वर्षीय गंगालाल माझीलाई रड प्रहार गरी हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले बताए।

टाउकोमा रड प्रहार गरिएका माझीलाई राति नै बिएन्डसी अस्पताल विर्तामोड पुर्‍याइएकोमा उनको मृत्यु भएको थियो। घटना जानकारीमा आउनेवित्तिकै खटिएको प्रहरी टोलीले राजवंशीलाई फलामको रडसहित पक्राउ गरेको केसीले बताए।

घटनाको कारण पुरानो ‘रिसिइबी’ रहेको खुलेको छ। राजवंशीलाई इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा राखिएको छ।

Top Changing Nepal

युट्युब सट्स