Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

बुद्धलाई सम्झदै १३ देशका मन्त्री नेपाल आउँदै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, बैशाख, २९
बुद्धलाई सम्झदै १३ देशका मन्त्री नेपाल आउँदै

१३ देशका संस्कृतिमन्त्रीहरु नेपाल आउने भएका छन् । २५६० औँ बुद्ध जयन्ती तथा अन्तराष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुनको लागि उनीहरु नेपाल आउँने भएका हुन् । ‘लुम्बिनी, नेपालः भगवान् बुुद्धको जन्मस्थल तथा दर्शनको उद्गमस्थल’ भन्ने नाराका साथ आगामी जेठ ७ र ८ गते नेपालमा अन्तराष्ट्रिय गोष्ठी तथा २५६० औँ बुद्धजयन्ती समारोह मनाईने भएको छ । गोष्ठी काठमाडौंमा हुने र जयन्ती लुम्बीनिमा मनाईने आयोजक मूल समारोह समितिले जनाएको छ ।

उक्त सम्मेलनमा १८ विदेशी र छ नेपाली गरी २४ वटा कार्यपत्र प्रस्तुत हुने जनाईएको छ । आज बसेको अन्तराष्ट्रिय बौद्ध सम्मेलन मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनले संसारमा भएका बुद्धसम्बन्धी भ्रमलाई चिर्न सफल हुने बताए । बुद्धसम्बन्धिका भ्रमहरुलाई चिर्न पनि यो सम्मेलन आवश्यक रहेको उनको भनाई थियो ।

प्रधानमन्त्री ओलीले भने, ‘बुद्धसम्बन्धि कताकति भ्रम छ, त्यो कम प्रचार भएर भएको हो । अन्तराष्ट्रिय जगतसहितको सम्मेलनले भ्रम चिर्न मद्दत गर्छ र बुद्ध दर्शन नेपालबाट सुरु भएको प्रमाणित गर्छ ।’ प्रधानमन्त्री ओलीले बुद्धजयन्ती र अन्तराष्ट्रिय बुद्ध सम्मेलन मनाउन सिङ्गो नेपाल उत्साहित भएको पनि उल्लेख गरे । सम्मेलनमा राजनीतिज्ञ, सरकारी उच्च अधिकारी, धार्मिक संस्थाहरु सबैको एक्यबद्धता रहेको पनि स्पष्ट पारे । -नयाँपत्रिकाबाट

naima expoTop Changing Nepal

युट्युब सट्स