डोकोमा ढुंगा बोक्दै धुर्मुस-सुन्तली, दोस्रो बस्ती निर्माण सुरु (भिडियोसहित)
हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले सिन्धुपाल्चोकको गिरान्चौर एकीकृत बस्ती निर्माणको काम बुधबारबाट सुरु गरेका छन् । भूकम्प गएको एक वर्ष पुगेकै दिन सो बस्ती शिल्यान्यास गरिएको थियो ।
सिन्धुपाल्चोक मेलम्ची ८ गिरान्चौरका ६५ परिवार भूकम्प पीडितलाई दशैँसम्ममा नयाँ घर हस्तान्तरण गर्ने लक्ष्यका साथ काम अघि बढाइएको फाउन्डेसनका अध्यक्ष धुर्मुसले बताए । वैशाख २९ गतेको पराकम्पले पनि ठूलो क्षति गरेकाले सोहि दिनको सम्झनामा दोश्रो एकिकृत बस्ती निर्माण कार्य सुरु गरिएको उनको भनाई छ ।
यस अघि काभ्रेमा निर्माण गरिएको एकीकृत पहरी बस्ती धुर्मुस सुन्तलीले साढे दुई महिनामा नै पिडितलाई हस्तान्तरण गर्न सफल भएका थिए । ‘सबैको साथ र सहयोग भएमा लडेको गिरान्चौर दशैँ सम्ममा सुन्दर एकीकृत बस्ती बन्नेछ’ धुर्मुस भन्छन् ।
पहिलो एकीकृत बस्ती निर्माण गर्दा धेरैको सहयोग पाएकाले अर्को बस्ती बसाउने अठोट गरेको भन्दै उनले देश निर्माणको अभियानमा हातेमालो गर्न सबैसँग आग्रह गरेका छन् । उनले भने, ‘हामीले नेतृत्व मात्र गरेका हौँ, सहयोगी हातहरुको दह्रो साथ आवश्यक छ ।’
पहिलेको भन्दा ३ गुणा ठूलो बस्ती निर्माण गर्न लागिएकाले आर्थिकसँगै घर निर्माणको लागि सिमेन्ट, रड, गिट्टी, बालुवा, जस्तालगायतका जिन्सी सामानका पनि धुर्मुस-सुन्तलीले आह्वान गरेका छन् । उनीहरु आफैं बस्तीमा ढुंगा बोक्नुका साथै सावेल, बेल्चा बोकेर कार्यक्षेत्रमा खटिएका छन् ।
२२ लाख संकलन
बस्ती निर्माणको घोषणा गरेदेखि अहिलेसम्म करिब २२ लाख रुपैँयाको हाराहारीमा सहयोग संकलन भएको फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले जानकारी दिएकी छिन् । ६५ भूकम्पपिडित तामाङ परिवारका ५ सय १५ जना सदस्यको आश्रयस्थलनिर्माण सम्पन्न गर्न ४ करोड भन्दा बढी लाग्ने अनुमान गरिएको छ ।
‘काम सुरु गरिसकेका छौँ, तर पर्याप्त रकम छैन,’ उनले भनिन्, ‘अन्य अत्यावश्यक भौतिक पूर्वाधारको पनि व्यवस्था गर्नु पर्नेछ ।’ गिरान्चौर एकीकृत बस्तीलाई बालमैत्री, अपाङ्गमैत्री, खुला दिशामुक्त, सफा र सुन्दर गाउँ बनाइने उनीहरुले बताएका छन् । सरकारले तोकेको मापदण्ड अनुसार बस्तीमा भूकम्प प्रतिरोधी चार कोठे घरको साथमा एक घर, एक धारा, एक बगैँचा र एउटा सामुदायिक भवन पनि निर्माण गर्ने धुर्मुस सुन्तली फाउण्डेसनले जनाएको छ ।
[su_youtube url=”https://youtu.be/3iJKdREb44w” width=”300″ height=”280″ autoplay=”yes”]
साभार अनलाइन खवर बाट
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


