Jankari Kendra
५ भाद्र २०८३, शुक्रबार
Worldlink

महानगर दिवसको अवसरमा काठमाडौंले गरयो बिभिन्न क्षेत्रका १० जनालाइ सम्मान

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, मंसिर, २९
महानगर दिवसको अवसरमा काठमाडौंले गरयो बिभिन्न क्षेत्रका १० जनालाइ सम्मान

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामाजिक उन्नयनका लागि विभिन्न क्षेत्रमा रहेर योगदान पु¥याउने १० जना व्यक्तित्वलाई सम्मान गरेको छ ।

उपराष्ट्रपति रामसहाय यादवको प्रमुख आतिथ्यमा भएको ३० औँ महानगर दिवस– २०८१ समारोहमा उनीहरूलाइ सम्मान गरिएको हो ।

यसरी सम्मानित हुनु हुनेमा लोक गायनका क्षेत्रबाट कुमार बस्नेत, चित्रकला क्षेत्रबाट किरण मानन्धर, स्वास्थ्य क्षेत्रबाट डा. अरुण सायमी, राजनीति र समाज सेवातर्फबाट महानगरपालिकाका पूर्व प्रमुख पिएल सिंह, कलाकारितामा चलचित्र क्षेत्रबाट नरेन्द्र कंसाकार, साहित्य क्षेत्रबाट मल्ल के सुन्दरलाई सम्मान गरिएको महानगरपालिकाले जनाएको छ ।

यसैगरी, खेल क्षेत्रतर्फ तेक्वान्दोबाट संगिना वैद्य, भलिवलबाट प्रतिभा माली र क्रिकेटबाट ज्ञानेन्द्र मल्ल सम्मानित भएका छन । सम्मानित व्यक्तित्वहरुलाई नगद १ लाख ५० हजार रुपैयाँसहित दोसल्ला ओढाइएको थियो ।

समारोहमा सबै वडाबाट ल्याइएका सांस्कृतिक झाँकी, महानगर प्रहरी बलको कवाज, खेललगायत प्रदर्शन गरिएका थिए । यस्तै महानगरपालिकाले सहरी सेवा तथा सुविधा वितरण र सहरी व्यवस्थापनका लागि प्रयोग गर्ने साधन तथा उपकरणहरुको प्रदर्शन गरिएको थियो । यस्ता साधन तथा उपकरणमा दमकल, एम्बुलेन्स, सडक सफा गर्ने ब्रुमर, फोहर संकलन गर्ने सवारी साधनहरु राखिएका थिए ।

महानगर दिवसका अवसरमा हिजो राष्ट्रिय सभा गृहमा एक कार्यक्रम आयोजना गरेर २३६ जना परम्परागत बाजा गुरुहरुलाई जनही नगद ३० हजार रुपैयाँसहित सम्मान गरिएको थियो । ज्यापु महागुथि नेपाः, येँ महानगर समितिबाट सिफारिस एका परम्परागत ६३ टोलका ६३ जना मु–धिमे गुरु र ५४ जना दाफा खिं गुरु, गुंलाबाजं व्यवस्थापन व संरक्षण संघबाट सिफारिस भएका २५ टोलका एकएक जना गुरु पनि सम्मानित भएका छन् ।

साथै, नेपाल खड्गी सेवा समितिबाट सिफारिस भएका ६९ टोलका एक एक जना नायःखिं बाजं गुरु, नेपाल राष्ट्रिय खड्गी समाजबाट ९ टोलबाट सिफारिस भएका १५ जना गुरु, केन्द्रीय मानन्धर संघबाट सिफारिस भएका ३ टोलका ३ जना र विभिन्न संघसंस्थाहरुबाट सिफारिस भएका ७ जना बाजा गुरु रहेको महानगरपालिकाले जनाएको छ । सोही कार्यक्रममा विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिताका विजेताहरुलाईसमेत पुरस्कृत गरिएको थियो ।

१९९६ पुस ३ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत जग महानगरको इतिहास मानिदै अाएकाे छ । ०५२ साल मंसिर २९ गते काठमाडौँ नगरलाई काठमाडौँ महानगर घोषणा गरिएको हो । यसै दिनलाई महानगर दिवसका रुपमा मनाउने गरिएको छ ।
 

 

 

Top Changing Nepal

युट्युब सट्स