ब्राजिलमा टक र बस ठोक्किदा २२ जनाको मृत्यु
रियो दि जिनरियो। ब्राजिलमा भएको एक भयानक दुर्घटनामा परी २२ जनाको मृत्यु भएको छ । नास गेराइस राज्यको राजमार्गमा सो दुर्घटना भएको हो । सो दुर्घटनामा धेरै मानिसहरु घाइते भएका छन् र उनीहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो । उद्धार टोली र दमकलको टोली घटनास्थलमा पुगेको छ ।
मिनास गेराइस राज्य ब्राजिलको दक्षिण पूर्वी भागमा अवस्थित छ। उद्धार विभागका अनुसार जसमा १३ जना घाइते भएका छन् । जसलाई उपचारका लागि टियोफिलो ओटोनी सहर नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।
मिडिया रिपोर्टका अनुसार यो बस साओ पाउलोबाट प्रस्थान गरेको थियो। बसमा जम्मा ४५ जना सवार थिए । सुरुमा बस र ट्रक एक आपसमा ठोक्किएको थियो । त्यसपछि पछाडि दौडिरहेको कार पनि दुर्घटनाको शिकार बन्यो । उक्त कारमा तीन जना सवार रहेको बताइएको छ । जसलाई सामान्य चोट लागेको छ । प्रहरीका अनुसार बसको टायर फुटेका कारण दुर्घटना भएको हो । टायर फुटेपछि चालकले नियन्त्रण गुमाएका थिए ।
जसका कारण बस आइरहेको ट्रकसँग ठोक्किएको हो । २२ यात्रुको घटनास्थलमै मृत्यु भएको थियो । कारमा सवार तीनै जना भने सकुशल रहेका छन् ।
सम्बन्धित समाचार
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

