चिसोमा बढ्छ सक्छ युरिक एसिड, यसरी पाउनुस् छुटकारा
एजेन्सी । पछिल्लो समय युरिक एसिडको समस्या धेरैलाई देखिन थालेको छ । हरेक ५ व्यक्तिमा २ जनालाई युरिक एसिडको समस्या हुन्छ । यो समस्या चिसोमा झन् धेरै बढ्छ । त्यसैले चिसो मौसममा युरिक एसिडको समस्या हुनेहरुले विशेष ध्यान दिन आवश्यक छ ।
शरीरमा केही तन्तुहरुले खाद्य पदार्थलाई प्युरिन नामक प्रोटिनमा परिवर्तन गर्छ । प्युरिन प्रोटिन टुक्रिँदा एसिड बन्छ । यो मिर्गौलामार्फत् छानिएर बाहिर निस्किन्छ । एसिड मिर्गौलामार्फत छानिएर बाहिर गएन भने रगतमा मिसिन्छ । र विस्तारै–विस्तारै क्रिस्टलका रुपमा हड्डिहरुको बीचमा जम्मा हुन्छ । जसलाई युरिक एसिड भनिन्छ ।
युरिक एसिड बढ्ने कारणहरु :
–अत्यधिक मदिरा सेवन गर्नु
–थाइराइड
–मोटोपना
–पानी नपिउनु
–मिर्गौलाले फिल्टर गर्न नसक्नु
–भिटामिन बी–३ को कमि
युरिक एसिडबाट छुटकारा पाउन के गर्ने
भिटामिन सी : युरिक एसिड नियन्त्रणका लागि हरेक दिन भिटामिन सीको सेवन गर्न आवश्यक छ । सधैं बिहान मनतातो पानीमा कागतीको रस मिसाएर पिउँदा युरिक एसिड नियन्त्रण हुन्छ ।
ज्वानो : युरिक एसिड कम गर्नका लागि ज्वानोको सेवन सबैभन्दा उत्तम मानिन्छ । हरेक बिहान खाली पेटमा ज्वानोको पानी पिउँदा यसबाट आराम मिल्छ । ज्वानोमा पाइने पोषक तत्व, एन्टिअक्सिडेन्ट, ओमेगा–३, फ्याटी एसिड जस्ता औषधिय गुणहरुले युरिक एसिड नियन्त्रण गर्छ ।
अलसी : अलसीलाई रातभर पानीमा भिजाएर राख्ने र बिहान खाली पेटमा चपाएर खाने गर्नुस् । यसबाट युरिक एसिड नियन्त्रण हुन्छ ।
एप्पल साइडर भिनेगर : खाली पेटमा एक गिलास पानीमा एक चम्चा एप्पल साइडर भिनेगर मिसाएर खाँदा युरिक एसिड नियन्त्रण हुन्छ । यसमा भिटामिनहरु, एन्जाइम र प्रोटिन जस्ता पोषक तत्वहरु पाइन्छन् ।
जैतुनको तेल : जैतुनको तेलमा भिटामिन ई, अन्य पोषक तत्व, एन्टिअक्सिडेन्ट, औषधिय गुणहरु आदि हुन्छन् । यसले युरिक एसिड नियन्त्रण गर्छ ।
सम्बन्धित समाचार
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

