यामाहा ब्लू स्ट्रिक्सका च्याप्टर लिडरहरूले लिए विशेष रोड मार्शल प्रशिक्षण
काठमाडौं । ब्लु स्ट्रिक्स च्याप्टर लिडर अनबोर्डिङ इभेन्टको सफलतापछि यामाहाले आफ्नो वितरक एमएडब्लू राइड्स मार्फत् नेपालभरका आफ्ना च्याप्टर लिडरहरूका लागि आधारभूत रोड मार्शल तालिमको आयोजना गर्यो। यो तालिम यामाहा ब्लू स्ट्रिक्सका लिडरहरूलाई सुरक्षित र व्यवस्थित टुरिङ र सामूहिक सवारीको नेतृत्व गर्न आवश्यक सीपहरू प्रदान गर्ने महत्त्वपूर्ण कदमको रूपमा रहेको बताइएको छ ।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को तालिम तथा मार्शल आयोगद्वारा सञ्चालित उक्त तालिम सडक सुरक्षा, सामूहिक सवारी व्यवस्थापन र प्रभावकारी सञ्चारका आधारभूत कुरामा केन्द्रित रहेको थियो। सत्रले यामाहाको राइडर समुदायमा जिम्मेवारी र सुरक्षाको संस्कृतिलाई बढावा दिँदै सहज र सुरक्षित सवारी सुनिश्चित गर्न व्यावहारिक अन्तर्दृष्टि समेत प्रदान गरेको जनाइएको छ ।
कार्यक्रममा सुर्खेत, इटहरी, काठमाडौं (पेप्सीकोला, महाराजगञ्ज, कलङ्की), भक्तपुर, सिन्धुली, पोखरा लगायतका क्षेत्रका यामाहा ब्लु स्ट्रिक्सका लिडरहरुको सहभागिता रहेको थियो। अन्तरक्रियात्मक मोड्युलहरू र वास्तविकतामा आधारित परिदृश्यहरू मार्फत् यामाहा राइड-आउट कार्यक्रमहरू र सामुदायिक सवारी दुवै सहज र दुर्घटनारहित बनाउनका लागि यी लिडरहरूलाई रोड मार्शलको भूमिका निर्वाह गर्न सशक्त बनाउने प्रशिक्षणको उद्देश्य रहेको कम्पनीले बताएको छ ।
एमएडब्लू राइड्सका कार्यकारी निर्देशक र प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले यस पहलको बारेमा आफ्नो विचार व्यक्त गर्दै भने , “नेतृत्व भनेको मार्गदर्शन मात्र होइन, यो जिम्मेवारी पनि हो। हाम्रा ब्लु स्ट्रिक्स लिडरहरूलाई ज्ञान र सीपहरूद्वारा सशक्त बनाउने यामाहाको प्रतिबद्धता अनुरुप यो तालिम संचालन गरिएको हो। वहाँहरूले आत्मविश्वासका साथ र सुरक्षित रूपमा सवारीको नेतृत्व गर्न आवश्यक छ। हामी एक यस्तो संस्कृति सिर्जना गर्दैछौं जहाँ सवारीको लागि जुनून र उच्चतम सुरक्षा मापदण्ड सँगसँगै हुन्छ।”
यो प्रशिक्षण सत्र मार्फत् ब्लू स्ट्रिक्स कार्यक्रमका लागि यामाहाको फराकिलो दृष्टिकोण पनि प्रतिबिम्बित हुनुका साथै नेतृत्व निर्माण र आफ्ना सवारहरूमा समुदायको बलियो भावनालाई प्रवर्द्धन गर्न समर्पित रहेको कम्पनीले बताएको छ ।रोड मार्शल तालिममा लगानी गरेर यामाहाले आफ्ना लिडरहरू ब्रान्डका एम्बेसडर मात्र नभई सडक सुरक्षा र जिम्मेवार सवारीको पैरवीकर्ता पनि हुन् भन्ने कुरा पुष्टि गरेको बताइएको छ ।
ब्लू स्ट्रीक्स यामाहा नेपाल अन्तर्गतको एक राइडर कम्युनिटी पहल हो जसको उद्देश्य यामाहा मालिकहरूबीच सार्थक सम्बन्ध सिर्जना गर्नुका साथै कार्यक्रमले सवारीचालक सुरक्षा, सामुदायिक संलग्नता र नेतृत्व विकासमा जोड दिन्छ भने उत्साहीहरूलाई क्षेत्रीय च्याप्टरहरूको नेतृत्व गर्न र यामाहाको सद्भाव र साहसिक भावनालाई पनि बढावा दिने कम्पनीले जनाएको छ।
सम्बन्धित समाचार
१८औं नाडा अटो शो भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुदैँ : जी १ ह्युमनोइड रोबोट र गो २ क्वाड्रुपेड रोबोट प्रमुख आकर्षण
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
नाडाको ५० वर्षे यात्राः ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने
एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्रर्याकिङ प्रणाली सुरु : अनलाइनबाटै कर्जा आवेदनदेखि स्थिति हेर्नसम्म सकिने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

