डिएसपीका मावलीमा कुखुरा खोर बनाउँदै प्रहरी-अाजको पत्रिका बाट
सशस्त्र प्रहरी बलको काम के हो ? सीमा सुरक्षा गर्ने, दंगा नियन्त्रण गर्ने र तस्करी रोक्ने । तर, इलाममा सशस्त्र प्रहरीको जिम्मेवारी फरक छ । त्यहा हाकिमका मावलीको घरमा कुखुराको खोर बनाउने जिम्मा पनि सशस्त्र प्रहरीलाई छ ।
उनीहरू इलामको श्रीअन्तु गुल्मका गुल्मपति डिएसपी लकेश तुम्बाहाम्फेका मामाको घरमा कुखुराको खोर बनाउँदै छन् । स्थानीय दीपराज आङदेम्बेलाई कुखुरा पाल्न मन लाग्यो ।
तर, खोर बनाउने कसले ? समस्याको समाधान सशस्त्र प्रहरीका हाकिमले गरिदिए । उनका भान्जाभाइ तुम्बाहाम्फे प्रहरीका डिएसपी भएकाले जवानहरू खोर बनाउन खटिए ।
आइतबार दिनभरि श्रीअन्तु गुल्मका वरिष्ठ प्रहरी हवल्दार दुर्गासिंह नेम्वाङ, वरिष्ठ प्रहरी हवल्दार दानबहादुर राई र सहायक हवल्दार गंगा खवास कुखुराको खोर बनाउन खटिएका थिए । सुरुमा उनीहरूले अरूको काम गर्न जान अस्वीकार गरेपछि डिएसपी तुम्बाहाम्फेले थर्काएर पठाएको गुल्म स्रोत बताउँछ ।
सहयोग गर्न प्रहरी गएका हुन् डिएसपी तुम्बाहाम्फेले सशस्त्र प्रहरीका जुनियर अधिकारीहरू मामाको घरमा गएको स्विकार्दै उनीहरूले सामान्य सहयोग गरेको बताए । ‘म मावलीमा गएको हो, म जाँदा खोर बनाउने काम भइरहेको रहेछ, मौका परेकाले
स्रोतका अनुसार दुई दिनदेखि डिएसपी तुम्बाहाम्फेले प्रहरीका जुनियर अधिकारीलाई आफ्ना मामाको घरमा काममै खटाएका थिए । तीनजना प्रहरी बिहानदेखि बेलुकासम्म टहरो बनाउन खटिएका छन् ।
सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी शैलेन्द्र खनालले घटनाबारे छानबिन हुने बताए । ‘व्यक्तिगत काममा त्यसरी सुरक्षाकर्मी खटाउन पाइन्न, खटाइएको रहेछ भने कारबाही हुन्छ,’ खनालले भने ।
नयाँपत्रिकाबाट
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


