Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

नेपालले घरेलु मैदानमै फोर नेसन्स कप खेल्ने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, पुष, १८
नेपालले घरेलु मैदानमै फोर नेसन्स कप खेल्ने

काठमाडौं। अन्ततः नेपालले घरेलु मैदानमा फोर नेसन्स कप खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले फागुन ४ गतेदेखि १५ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेबनान र म्यानमारका टिम सहभागी हुनेछन् । यी खेल फ्रेबुअरीको फिफा अन्तर्राष्ट्रिय खेल विन्डोमा खेलाउन लागिएको एन्फाले जनाएको छ।

नेपालले यसलाई एएफसी महिला एसियन कप २०२६ को छनोटको तयारीका रूपमासमेत लिएको छ ।

Top Changing Nepal

युट्युब सट्स