सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?
जानकारी केन्द्र
२०८१, पुष, २१
काठमाडौं । नेपाली बजारमा सुनको भाउ आईतबार घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १५ सय रुपैयाँले घटेर १ लाख ५२ हजार रुपैयाँ कायम भएको छ । लगातार ३ दिन बढेको सुनको भाउ आईतबार भने घटेको छ । यसअघि बुधबार, बिहीबार र शुक्रबार सुनको भाउ क्रमशः प्रतितोला १४ सय, ५०० र २ हजार रुपैयाँले बढेको थियो ।
यसअघि, शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ५३ हजार ५०० रुपैयाँ कायम रहेको थियो । यता, आज चाँदीको भाउ भने स्थिर रहेको छ । आइतबार चाँदी तोलाको १८ सय १० रुपैयाँ कायम भएको छ । शुक्रबार पनि चाँदी सोही मूल्यमा किनेबेच भएको थियो ।
सम्बन्धित समाचार
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
म्याक्ससको ४४ युनिट बुकिङ,नाइमाको अफर भदौ १५ सम्म
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

