‘टि सिडस्’ ले दिन्छ हरेक अंगलाई शक्ति, यसरी खाँदा दोहोरो फाइदा
काठमाडौं । चिया सिड्स (बिज, दाना) पौष्टिक तत्वहरूको खजाना हो। यसमा भिटामिन, प्रोटिन र खनिजहरू बढी मात्रामा रहेको हुन्छ। यसको सेवनले शरीरलाई धेरै रोगका समस्याबाट छुटकारा दिलाउन निकै फाइदाजनक पनि हुन्छ।
यसलाई रातभर पानीमा भिजाएर बिहान सेवन गर्दा पाचन क्रियादेखि तौल नियन्त्रणसम्मका अचम्मका फाइदाहरू पाउन सकिन्छ।
चिया सिड्समा पाइने ओमेगा थ्री, क्याल्सियम, फाइबर, प्रोटिन, एन्टिअक्सिडेन्टले रोग प्रतिरोधात्मक क्षमता बढाउन, हड्डीलाई मजबुत बनाउन, पाचन क्रियामा सुधार गर्न, मस्तिष्कलाई तिखो बनाउन, छाला र कपालसँग सम्बन्धित समस्या हटाउन निकै फाइदाजनक हुन्छ।
प्रायः जसो मानिसहरूले चिया सिड्स कसरी उपभोग गर्ने भनेर बुझ्दैनन्। वास्तवमा पानीमा भिजाएर चिया सिड्स खानु निकै फाइदाजनक हुन्छ। तर ध्यान राख्नुहोस् कि यसको सन्तुलित मात्राले मात्र स्वास्थ्यको लागि लाभदायक हुन्छ।
पाचन प्रणालीमा सुधार
– चिया सिड्स पेटका लागि निकै फाइदाजनक हुन्छ। यसले पाचन प्रणालीलाई मजबुत बनाउनुका साथै धेरै रोगबाट बचाउँछ।
– चियाको बिजमा पर्याप्त मात्रामा फाइबर पाइन्छ, जसले पेटमा ग्याँस, कब्जियत र अपचजस्ता समस्यामा निकै फाइदा पुर्याउँछ।
– पाचन प्रणालीलाई बलियो राख्नका लागि चिया सिड्स रातभर पानीमा भिजाएर खानु फाइदाजनक हुन्छ।
मुटुका लागि फाइदाजनकः
– चिया सिड्सले मुटुलाई बलियो बनाउँछ। चिया सिड्स पानीमा भिजाएर खाँदा मुटुसम्बन्धी समस्या र रोगबाट धेरै राहत मिल्छ। यसमा पाइने ओमेगा थ्री, फ्याटी एसिडले मुटुलाई स्वस्थ राख्न र धेरै रोगबाट बचाउन पनि मद्दत गर्छ।
तौल घटाउनमा फाइदाजनक
– यदि तपाईं मोटोपनाको समस्यासँग संघर्ष गर्दै हुनुहुन्छ भने चिया सिड्स अवश्य खानुहोस्। यसमा कम क्यालोरी हुन्छ र फाइबरले पेटभरि राख्छ, चियाको बिजको सेवनले शरीरमा बोसो घटाउने काम गर्छ।
– पेटको बोसोसँग लडिरहेका मानिसहरूका लागि पनि चियाको दानाको सेवन धेरै लाभदायक हुन्छ, हरेक बिहान पानीमा भिजाएर चिया सिड्स खानु तौल घटाउन निकै फाइदाजनक हुन्छ।
हड्डीको लागि लाभदायक
– चियाको दानामा पाइने क्याल्सियमले हड्डी बलियो बनाउन मद्दत गर्छ। यसको सेवन हड्डीका लागि निकै फाइदाजनक मानिन्छ।
– यसले ओस्टियोपोरोसिसजस्ता गम्भीर समस्याहरूको जोखिम पनि कम गर्छ। चिया सिड्स (दाना) मा पर्याप्त मात्रामा क्याल्सियम, म्याग्नेसियम र फस्फोरस हुन्छ, जसले हड्डीलाई बलियो बनाउँछ। – (एजेन्सीको सहयोगमा)
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


