Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

नेपाललाई शैक्षिक गन्तब्य बनाउन सरकार लागि परेको छ ः शिक्षा मन्त्री पोखरेल

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, जेष्ठ, ६
नेपाललाई शैक्षिक गन्तब्य बनाउन सरकार लागि परेको छ ः शिक्षा मन्त्री पोखरेल

शिक्षा मन्त्री गिरिराज मणि पोखरेलले नेपाललाई शैक्षिक गन्तब्य बनाउन सरकारले पहल सुरु गरिसकेको बताउनु भएको छ । सरकारले थालेको अभियानलाई हिसानले सहयोग गरेको भन्दै प्रशंसा गर्नु भयो ।
‘नेपाललाई शैक्षिक गन्तब्य बनाउने सरकारको अभियानमा स्वदेशको शैक्षिक संस्थाले सुरुवात गरेको छ । यो अभियानमा सरकारको पनि साथ रहन्छ,’ कान्तिपुर हिसान शैक्षिक एडुफेयरको बिहीबार उद्घाटन गर्दै मन्त्री पोखरेलले भन्नुभयो,‘स्तरीय शिक्षा स्वदेशमै पाइन्छ भने विदेश किन जाने ?’ शिक्षालाई समाजबादतर्फ जान शिक्षा शक्तिशाली माध्यम भएको उहाले बताउनुभयो । ‘समृद्ध राष्ट्र निर्माण गनै शिक्षा नै पहिलो आधार हो,’उहाले भन्नुभयो,‘यसको लागि शिक्षा गुणमा आधारित हुनुपर्छ ।’ अनुसन्धानमुलक र प्रविधिमैत्री शिक्षा बनाउन सके नेपाललाई शैक्षिक गन्तब्य बनाउन सकिने उहाले बताउनुभयो । अहिले घोकन्ते र प्रमाणपत्र मुखी शिक्षा भएको भन्दै यसलाई सुधार गर्न सबै मिल्नुको विकल्प नभएको मन्त्री पोखरेले बताउनुभयो ।
एसएलसी र प्लस टु दिएका विद्यार्थीहरु कस्तो कलेज र बिषय पढ्ने भन्ने अन्यौलमा रहेकाले मेलामा आउने विद्यार्थी र अभिभावकहरुले सही जानकारी दिएर बुझाउनु पर्ने उहाले बताउनुभयो ।
एडु फेयरमा सबै कलेजको सहभागिता हुने भएकाले अभिाभावक र विद्यार्थीले सहभागी जानकारी पाउन सक्ने उहाले बताउनुभयो । ‘मेलामा आउनेलाई सही जानकारी दिनुस्,’उहाले भन्नुभयो,‘विद्यार्थी र अभिभावकको अन्यौल हटाउनुहोस् ।’
उच्च माध्यमिक शिक्षा परिषद्का सदस्य सचिव नारायण कोइरालाले मेलामा आउने विद्यार्थीले सही जानकारी पाउने बताउनुभयो । ‘कलेजमा जाँदा गलत जानकारी दिएर झुक्याउन सक्छन,’उहाले भन्नुभयो,‘सबै कलेज एकै ठाउँमा समूहमा हुने भएकोले गलत सूचना दिन गाह्रो हुन्छ ।’
विश्व बजारमा बिक्ने र गुणमा आधारित शिक्षा दिन स्वदेशी शैक्षिक संस्था सक्षम रहको उहाले बताउनुभयो । विदेशमा अध्ययन गरेका विद्यार्थीहरुले अर्कै देशको राष्ट्रियता सिकेर आउने भएकोले स्वदेशमै अध्ययनको वातारण बनाउन यस्ता मेलाले सहयोग पुर्याउने उहाँले बताउनुभयो ।’

naima expoTop Changing Nepal

युट्युब सट्स