रिहा भए रास्वपा सभापति लामिछाने,काठमाडौं अदालतमा आफैं उपस्थित हुने
जानकारी केन्द्र
२०८१, पुष, २५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रिहा भएका छन् । कास्कीको पोखरामा रहेको सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेका लामिछानेलाई अदालतले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले उनीसहित सात जना प्रतिवादीसँग धरौटी माग गरेको थियो ।
लामिछाने ६५ लाखको बैंक जमानत (बैंक ग्यारेन्टी) बुझाएर रिहा भएका हुन् । लामिछानेविरुद्ध काठमाडौं, पर्सा, रुपन्देही र चितवनमा पनि मुद्दा छ । कास्कीबाट रिहा हुनेवित्तिकै उनलाई पक्राउ पर्ने तयारी थियो । तर, आफैं काठमाडौं जिल्ला अदालतमा हाजिर हुने शर्तमा लामिछानेलाई छाडिएको बताइएको छ ।
सम्बन्धित समाचार
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
यस्तो छ आजको मौसम पुर्वानुमान
नाडाको ५० वर्षे यात्राः ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने
एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्रर्याकिङ प्रणाली सुरु : अनलाइनबाटै कर्जा आवेदनदेखि स्थिति हेर्नसम्म सकिने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

