१५ अंकले घट्यो सेयर बजार
काठमाडौँ । साताको दोस्रो कारोबारमा पनि सेयर बजारमा गिरावट देखिएको छ । अघिल्लो दिन (आइतबार) २५ अंकले घटेको बजार सोमबारको कारोबारमा १५.५४ अंक घटेको हो ।
यससँगै समग्र बजार मापक २५९४.१३ विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले जनाएको छ । बजार घट्दा ६३ कम्पनीको सेयर मूल्य बढेको छ । १७५ कम्पनीको सेयर मूल्य घट्दा पाँच कम्पनीको मूल्य स्थिर रह्यो ।
बजार घटे पनि कारोबार रकम भने बढेको छ । यसदिन ६ अर्ब ६५ करोड ८ लाख ८३ हजार १०३ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । एक करोड ३८ लाख ७० हजार ५७९ कित्ता सेयर ६४ हजार २७८ पटकमा खरिद बिक्री भएको छ ।
बाराही हाइड्रो, सुपरमादी हाइड्रो, नारायणी विकास बैंक, सर्पोट माइक्रो फाइनान्स, नेपाल एसबीआई बैंक शीर्ष कमाउने कम्पनी रहे ।
समूहगत सूचकतर्फ १३ वटै समूह राताम्य देखिएका छन् । सबैभन्दा धेरै व्यापार समूह १.८९ प्रतिशत नकारात्मक रह्यो ।
सम्बन्धित समाचार
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

