एप्पलका मालिकले कुम्भ मेला वारे लेखेको पत्र ६ करोड ९५ लाखमा लिलामी
प्रयागराज । एप्पलका सह संस्थापक स्टिभ जब्सकी श्रीमती लौरेन पावेल जब्स प्रयागराजमा आयोजना भइरहेको महाकुम्भ–२०२५ मा सहभागी हुन भारतमा छिन् ।
यसैबीच, स्टिभ जब्सले सन् १९७४ मा कुम्भ मेलाको सन्दर्भमा लेखेको पत्र अहिले चर्चाको विषय बनेको छ । यो पत्रमा जब्सले कुम्भ मेलाप्रति आफ्नो रुचि र भारत भ्रमण गर्ने इच्छा व्यक्त गरेका थिए । यो हालै बोनहम्सले अमेरिकी डलर ५ लाख ३१२ (लगभग ६ करोड ९५ लाख) मा लिलामी भएको छ ।
जब्सले आफ्नो बाल्यकालका साथी टिम ब्राउनलाई आफ्नो १९ औं जन्मदिन फेब्रुअरी २३ मा यो पत्र लेखेका थिए । यो चिठी बाहिर आएपछि स्टिभ जब्सकी श्रीमती पावेल पतिको इच्छा पूरा गर्न महाकुम्भमा आएको जनाएकी छिन् ।
स्टिभ जब्सले पत्रमा लेखेका छन्, ‘म अहिले लस गाटोस र सान्ता क्रुजको बिचको पहाडमा एउटा फार्ममा बसिरहेको छु, म अप्रिलमा सुरु हुने कुम्भ मेलाका लागि भारत जान चाहन्छु । म मार्चमा केहि समय जान्छु, यद्यपि अझै पक्का छैन।’ उनले पत्रको अन्त्यमा लेखेका छन् ‘ शान्ति, स्टिभ जब्स। जुन पत्र अहिले लिलामी भएको हो ।
स्टिभ जब्सकी पत्नी लरेन पावेल ४० सदस्यीय टोली लिएर प्रयागराज पुगेकी छन् । जब उनी महाकुम्भमा आइन्, उनका गुरु स्वामी कैलाशानन्दले उनलाई ‘कमला’ भन्ने नयाँ हिन्दू नाम दिएका छन । उनी ध्यान, क्रियायोग र प्राणायाम जस्ता आध्यात्मिक अभ्यासमा भाग लिदैँ आएकी छिन तर मकर संक्रान्तिमा ठूलो भीड हुने भएकाले एलर्जीका कारण उनले संगममा डुब्न सकिरहेकी भने छैनन् । उनको आगमनसँगै यो कार्यक्रमले थप अन्तर्राष्ट्रिय ध्यान तानेको छ ।
गत १३ जनवरी २०२५ देखि सुरु भएको महाकुम्भमा हालसम्म ५ करोड १५ लाखभन्दा बढी भक्तजनले संगममा स्नान गरिसकेका छन् । फेब्रुअरी २६ सम्म चल्ने उक्त कार्यक्रममा ४० करोडभन्दा बढी मानिस सहभागी हुने अपेक्षा गरिएको छ।
सम्बन्धित समाचार
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक, कतिपर्छ मुल्य ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
नाइमा मोबिलिटी एक्स्पोमा अल्ट्राभायोलेट एक्स४७ क्रसओभर मोटरसाइकल सार्वजनिक, कतिपर्छ मुल्य ?
विशेष कार्यक्रमका बीच नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन, पहिलो दिन नै २९ हजारभन्दा बढीले गरे अवलोकन
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



