भारत मोबिलिटी ग्लोबल एक्स्पोमा बीवाईडी सीलायन ७, यस्ता छन् फिचर
काठमाडौं । बीवाईडी इन्डियाले भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा बीवाईडी सीलायन ७ पियर पर्फरमेन्स ईएसयूभीको अनावरण गरेको छ ।प्रवर्द्धनात्मक बुकिङ अफरअन्तर्गत ७० हजार भारु छुटसहित फेब्रुअरी १७ सम्म उपलब्ध विशेष लाभहरूसहित इलेक्ट्रिक एसयूभीका लागि बुकिङ गर्न सकिनेछ ।
सिलायन ७ ईभी भारतमा कम्पनीको सिल, अटो ३ र ईमाक्स ७ पछिको चौथो मोडल हो । सिलायन ७ ईभीले फुल चार्जमा ५६७ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ । यो प्रिमियम र परफर्मेन्नस गरी दुई भेरिएन्टमा उपलब्ध छ । यसको मूल्य ४५ लाख भारुबाट सुरु हुने अपेक्षा गरिएको छ । यसले हुन्डाई आयोनिक ५ र किया ईभी ६ जस्ता लोकप्रिय इलेक्ट्रिक कारसँग प्रतिस्पर्धा गर्नेछ।
कम्पनीले फेब्रुअरी १७ गतेसम्म बुकिङ गर्दा ७० हजार भारु छुटसहित कारको बुकिङ पनि सुरु गरेको छ । साथै कम्पनीले ७ वर्ष र १ लाख ५० हजार किलोमिटर वारेन्टी र फ्रि इन्स्टलेसनको साथमा ७ किलोवाटको एसी चार्जर पनि उपलब्ध गराएको छ ।
बीवाईडी सिलायन ७ ईभीमा सिलमा जस्तै हेडलाइट दिएको छ । साथै यसमा क्लोज अफ ग्रिल, फ्रन्ट बम्परमा एग्रेसिभ कट र क्रिज लाइन, साइडमा १९ इन्चको ड्युअल टोन अलोय ह्विल, २० इन्चको ह्विल विकल्प, फ्लश टाइप डोर ह्यान्डल र आर्कको माथि ब्ल्याक रग्ड क्लेडिङ दिइएको छ ।
कारको रियरमा पिक्सल डिजाइन एलिमेन्टको साथमा कनेक्टेड एलईडी टेल लाइट र ब्ल्याक रियर बम्पर दिइएको छ । बम्परमा फग ल्याम्प पनि छ । स्टोरेजका लागि यसमा ५८ लिटरको फ्रन्ट र ५२० लिटरको बुट स्पेस दिइएको छ । यसको पछाडिको सिट फोल्ड गरेर बुट स्पेसलाई १७८९ लिटरसम्म बढाउन सकिन्छ।
सिलायन ७ को क्याबिनको ड्यासबोर्डमा हिटेड ग्रिप्स र अडियो फंक्शनको साथमा ४ स्पोक स्टेयरिङ ह्विल र एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम उपलब्ध गराएको छ । यसको सेन्ट्रल कन्सोलमा ड्राइभ सिलेक्टर नब, ड्राइभ र टेरेन मोडका लागि बटन र दुई कपहोल्डर उपलब्ध छ ।
सो एसयूभीमा रोटेटेबल १५.६ इन्च टचस्क्रिन, १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, १२ स्पिकर साउन्ड सिस्टम, हेड-अप डिस्प्ले र सनशेडसहितको प्यानोरामिक ग्लासको छत जस्ता फिचर उपलब्ध छ । साथै हिटिङ र भेन्टिलेसन फंक्शन भएको सिट, ५० वाटको वायरलेस फोन चार्जर, कनेक्टेड कार टेक र पावर्ड टेलगेट जस्ता फिचर पनि उपलब्ध गराइएको छ ।
सेफ्टीका लागि यसमा ११ एयरब्याग, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम, फ्रन्ट र रियर पार्किङ सेन्सर जस्ता सुविधा उपलब्ध गराइएको छ। यसमा एडास सिस्टम पनि प्रदान गरिएको छ, जसमा रियर कोलिजन वार्निङ र एडाप्टिभ क्रुज कन्ट्रोल जस्ता फिचर उपलब्ध छ ।
सिलायन ७ ईभी प्रिमियम र परफर्मेसन गरी भेरिएन्टमा उपलब्ध छ । सो दुबै भेरिएन्टमा ८२ किलोवाट एलएफपी ब्याट्री प्याक उपलब्ध छ। प्रिमियम भेरिएन्ट रियर ह्विल ड्राइभ कन्फिगरेसनमा आउँछ, जसले ३१३ एचपी पावर र ३८० एनएम टर्क उत्पन्न गर्छ। परफर्मेसन भेरिएन्ट अल ह्विल ड्राइभ विकल्पमा आउँछ, जसले ५३० एचपी पावर र ६९० एनएम टर्क उत्पन्न गर्छ ।
यसको प्रिमियम भेरिएन्टले ६.७ सेकेन्ड र परफर्मेसन भेरिएन्टले ४.५ सेकेन्डमा ०-१०० किलोमिटर प्रति घण्टाको गति लिन्छ । फुल चार्जमा प्रिमियम भेरिएन्टले ५६७ किलोमिटर र परफर्मेसन भेरिएन्टले ५४२ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।
सम्बन्धित समाचार
‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु,हेर्नुहोस् फोटो फिचरमा
१८औं नाडा अटो शो भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुदैँ : जी १ ह्युमनोइड रोबोट र गो २ क्वाड्रुपेड रोबोट प्रमुख आकर्षण
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
नाडाको ५० वर्षे यात्राः ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

