Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

राष्ट्रिय फुटबल खेलाडी बिमल घर्तिकी बहिनीको हत्या -यस्तो छ रहस्य !

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, जेष्ठ, १३
राष्ट्रिय फुटबल खेलाडी बिमल घर्तिकी बहिनीको हत्या -यस्तो छ रहस्य !

नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख स्ट्राइकर विमल घर्ती मगरकी बहिनी मनिषा घर्तीको हत्या भएको छ ।

नेपाल प्रहरीले जानकारी केन्द्र लाइ बताए अनुशार  १७ वर्षीया मनिषा घर्ती उनकै घरमा मृत्यु भएको अवस्थामा बिहिबार फेला परेको सम्बन्धमा अनुसन्धानको लागि नवलपरासी तिलकपुर गाबिस–२ बस्ने २२ वर्षीय आशिष भन्ने रुद्रनारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त घरमा अन्य सदस्य कोही नभएको अवस्थामा बुधबार बेलुका चौधरी आएको खुल्न आएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । चौधरी र मनिषाबीच प्रेम सम्बन्ध रहेको, चौधरी आएको अवस्थामा उनीहरुबीच आपसी विवाद भएपछि चौधरीले मनिषालाई हातले कुटपिट गरी घर बाहिरको बरण्डामा गई सुतेको अवस्थामा मनिषाले चुन्नीको पासो लगाई झुन्डिएपछि चौधरीले चुन्नी फुकाई भुइँमा राख्दा उनको मृत्यु भएको र चुन्नी चौधरीले आफ्नो घरमा लगि राखेको बताएपछि उनको घरबाट प्रहरीले उक्त चुन्नी बरामद गरेको छ ।
मनिषाको शव पोष्टमार्टमको लागि केन्द्रीय फरेन्सिक विभाग शिक्षण अस्पताल महाराजगंज काठमाडौं लगि यस सम्बन्धमा  आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको   छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स