आज बजेट सार्वजनिक हुँदै
सरकारले आगामी आर्थिक वर्ष २०७३/०७४ को आय व्ययको विवरण बजेट आज शनिबार व्यवस्थापिका संसदमा प्रस्तुत गर्दैछ ।
अर्थमन्त्री विष्णु पौडेलले अपराहन् ४ बजे ससंदमा बजेट प्रस्तुत गर्नेछन् । यसपटक सरकारले १० खर्ब २५ अर्बभन्दा बढीको बजेट प्रस्तुत गर्नेभएको स्रोतले जनाएको छ । गत आर्थिक वर्षभन्दा झन्डै दुई खर्ब बढीको बजेट ल्याउन लागिएको हो । सामाजिक सुरक्षा भत्तामा वृद्धि, ठूला पूर्वाधारमा लगानी आदिका कारण बजेटको आकार बढेको जनाइएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्षको आकार २ खर्बले बढी हो ।
ठूलो आकारको बजेट कार्यान्वयनमा समस्या हुन सक्ने भन्दै अर्थविद्हरुले सरकारको ध्यानाकर्षण गराएका छन् । स्वास्थ्य बीमा, सामाजिक सुरक्षा खर्चमा वृद्धि, किसानलाई पेन्सन, कर्मचारीको तलव बृद्धि, जलविद्युत, सडकजस्ता पूर्वाधारमा ठूलो लगानी आदि कारणले बजेटको आकार बढेको छ । सरकारले आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर ६ प्रतिशत भन्दा बढी पुर्याउँने दावी गरेको छ । भारतको नाकाबन्दीका कारण यसपटक नेपालको आर्थिक वृद्धिदर ० दशमलव ७७ प्रतिशतमा खुम्चिएको छ ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


