सहकारी ठगी प्रकरणमा एमाले नेता थापा पक्राउ, डेढ अर्ब हिनामिनाको आरोप
काठमाडौं। सहाकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा म्याग्दीका जिल्ला समन्वय समिति (जिसस) प्रमुख राजकुमार थापा पक्राउ परेका छन् । उनीसहितको समूहमाथि म्याग्दीको बेनीस्थित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको डेढ अर्ब नगद हिनामिना गरेको आरोप छ । उनी नेकपा ९एमाले० का नेता हुन् ।
उक्त सहकारी ठगीको सम्बन्धमा गत जेठमा उजुरी परेको थियो । सो सहकारी अपचलन सम्बन्धमा सहकारी रजिस्ट्रारको कार्यालय, गण्डकीले छानविन गरेको थियो । उक्त छानविन प्रतिवेदनले थापा नेतृत्वको समितिले सर्वसाधरणको बचत अपचलन गरेको निष्कर्ष निकालेको थियो । प्रतिवेदनमा थापालाई सहकारी ठगीको मुख्य योजनाकार उल्लेख गरिएको छ ।
थापासहितको टिमले सहकारीको रकम अपचलन गरी ढुकुटी खेलाउने, निजी स्कुल र घरजग्गामा लगाउनेजस्ता कार्यमा प्रयोग गरेको प्रतिवेदनमा उल्लेख छ । सहकारीका वर्तमान अध्यक्ष यमबहादुर रोकाले आर्थिक हिसाबकिताब छानबिन गरिदिन माग गर्दै ०८१ जेठ सहकारी रजिस्ट्रारको कार्यालयमा निवेदन दिएर थिए । उक्त सहकारीमा थापा दुई कार्यकाल सचिव र ०७९ मा जिसस प्रमुख निर्वाचित हुनुअघिसम्म उपाध्यक्ष थिए ।
सम्बन्धित समाचार
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट
सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने
आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र सुरू
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?


