अवहेलना गरेको भन्दै पूर्व उपराष्ट्रपतिद्वारा गणतन्त्र दिवसको कार्यक्रम बहिस्कार
पूर्वउपराष्ट्रपति परमानन्द झाले गणतन्त्र दिवसका अवसरमा आज बिहान सैनिक मञ्च टुँडीखेलमा आयोजित कार्यक्रम बहिस्कार गरेका छन् । सरकारले आयोजना गरेको गणतन्त्र दिवस बनाउने कार्यक्रममा पूर्वराष्ट्रपति झा राष्ट्रिय पोशाकमा सजिएर मञ्चमा आइपुगेका थिए ।
उनी मञ्चमा केहीबेर यताउति घुमे तर आफूलाई बस्ने ठाउँको व्यवस्था नगरिएको भन्दै रिसाएर तत्कालै फर्किए । कार्यक्रम बहिस्कार गरेर फर्किने क्रममा उपराष्ट्रपति झाले आफ्नो अपहेलना गरिएको गुनासोसमेत पोखे ।
पुर्वउपराष्ट्रपति झालाई सरकारी अधिकारीहरुले फकाएर मञ्चमा राख्न गरेको प्रयास समेत सफल हुन सकेन। समारोहमा राष्ट्रपति विद्या देवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा अाेली , उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अोनसरी घर्ती लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थति रहेको छ । सरकारले गणतन्त्र दिवसको अवसरमा टुँडीखेलमा औपचारिक कार्यक्रमको आयोजना गरेको छ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


