सामान्य अंकले बढ्यो नेप्से
काठमाडौँ । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक तिव्र उत्तारचढावसहित सामान्य अंकले बढेर बन्द भएको छ । आईतबार उच्च अंकले बढ्दै पछिल्लो ५ महिनाकै उच्च कारोबार भएको नेप्सेको दोस्रो दिन भने सोही यात्रा टिक्न सकेन ।
सोमबार कारोबार समयको सुरुवातिमा उच्च अंकले नेप्से उकालो लागेपनि दिउसो १२ बजेपछि ओरालो यात्रा तय गरेको थियो । यद्यपी अन्तिम समयमा नेप्से परिसुचक २.४१ अंकले बढेर २७ सय ३० को विन्दुमा पुगेर रोकिएको हो ।
आज अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकममा पनि गिरावट आएको छ । कारोबार अवधिभर कुल ३ सय १९ कम्पनीका २ करोड ३७ लाख ७० हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ११ अर्ब ८७ करोड ५९ लाख रुपैयाँ पुगेको छ । यसअघि आईतबार भने कारोबार रकम १२ अर्ब ९५ करोड नाघेको थियो ।
आज कारोबारमा आएकामध्ये १ सय ३७ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा ९७ कम्पनीको सेयरमूल्य भने उकालो लागेको छ । आज २ कम्पनीको सेयरमूल्यमा सकारात्मक र २ कम्पनीकोमा नकारात्मक सर्किट लागेको छ ।
सम्बन्धित समाचार
गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६ः शीर्ष ६ फाइनलिस्ट घोषणा
भारत नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटि थप सुदृढ,यूपीआईमार्फत सहज बन्दै सीमापार कारोबार
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री
अब सरकारी कर्मचारीले पाउँनेछन् १५-१५ दिनमा तलबभत्ता
एआईको निर्णयमा कर्मचारी बर्खास्त,विश्वमै पहिलो घटना भएको दाबी
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

