Jankari Kendra
५ भाद्र २०८३, शुक्रबार
Worldlink

साउदी राष्ट्रपति पहिलो बिदेश भ्रमणमा निस्के, साउदीले उनलाइ लिन पठायो बिशेष बिमान

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, माघ, २१
साउदी राष्ट्रपति पहिलो बिदेश भ्रमणमा निस्के, साउदीले उनलाइ लिन पठायो बिशेष बिमान

रियाद। सिरियाका नवनियुक्त राष्ट्रपति अबु मोहम्मद अल जुलानी साउदी अरबको ऐतिहासिक भ्रमणमा रहेका छन ।

यहाँ उनले साउदी अरबका युवराज मोहम्मद बिन सलमानलाई सुरूमा भेटेका थिए भने साउदी अरबले सिरियाली राष्ट्रपतिका लागि आफ्नो बिशेष विमान उनका लागि पठाएको थियो ।

यो भ्रमणले सिरिया र साउदी अरबबीच बढ्दो राजनीतिक सम्बन्धलाई औंल्याउँछ। सिरियाको सरकारी टेलिभिजन सिरियन अरब न्युज एजेन्सी (साना) को रिपोर्ट अनुसार यो बैठक यमामा प्यालेसमा भएको थियो। डिसेम्बर ८ मा बसर अल–असद शासनको पतनपछि जुलानीको यो पहिलो औपचारिक विदेश भ्रमण हो।

तर, गत साता जनवरी २९ सम्म उनी कार्यकारी सरकारको अध्यक्षमा निर्वाचित भएका थिएनन् । सो भेटघाट पछि साउदीले ६१ चिकित्सकको टोली दमास्कस पठाउने घोषणा गरेको छ ।

राष्ट्रपति बनेको दिन उनले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग भेट गरेका थिए । सिरियामा विद्रोहीले कब्जा जमाए पछि राष्ट्र प्रमुखको यो पहिलो बिदेश भ्रमण हो । अहिले उनी साउदी अरब पुगेका छन्, जुन ठूलो विकास मानिएको छ ।

राजकुमार सलमानसँगको भेटपछि अल जुलानीले साउदी अरबले युद्धग्रस्त सिरियालाई सहयोग गर्न चाहेको बताए । ‘हामीले लामो भेट गरेका थियौं, जसमा हामीले सिरियाको भविष्य निर्माण गर्न सहयोग गर्ने वास्तविक इच्छा महसुस गरेका र सुन्यौं,’ उनले टेलिग्राममा एक विज्ञप्तिमा भने।

Top Changing Nepal

युट्युब सट्स