Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

सरकारले सर्टिफिकेट धितो राखेर ऋण दिने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, जेष्ठ, १५
सरकारले सर्टिफिकेट धितो राखेर ऋण दिने

अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा  शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने योजना पनि प्रस्तुत गरिएको छ । यस्तै गरेर सरकारले प्रत्येक प्रदेशमा एक मेडिकल कलेल र पोलिटेक्नि ईन्स्टीच्यूट स्थापना गर्ने भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा आगामि वर्ष बर्दिबास, बुटवल र सुर्खेतमा मेडिकल कलेज स्थापनाको काम सुरु गरिने छ ।
त्यसैगरी माध्यमिक शिक्षालाई निशुल्क गर्ने, सामूदायिक विद्यालयको क्षमता अभिबृद्धि गर्न १६ अर्ब २५ करोड विनियोजन गरिने छ ।
विद्यालय भर्नाको लागि प्रोत्साहन कार्यक्रम गर्ने, सामुदायिक विद्यालयमा अनिवार्य अग्रेजी अध्यापन गराउने, सूचना प्रविधिकोलागि अनुदान दिने कार्यक्रम रहेको छ ।
त्यसैगरी स्नातकोत्तर अध्ययन गरिरहेका विद्यार्थिलाई अन्तिम छ महिना स्वयमसेवको रुपमा खटाईने छ । योगमाया आयूर्बेद विश्वविद्यालय निर्माण गर्ने, गौरादहमा कृषि विश्वविद्यालय निर्माण गर्ने उल्लेख छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स