Jankari Kendra
५ भाद्र २०८३, शुक्रबार
Worldlink

आज पनि सेयर कारोबार घटयो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, माघ, २३
आज पनि सेयर कारोबार घटयो

काठमाडौं । आज सेयर कारोबार घटेको छ ।

सेयर कारोबार मापक नेप्से परिसूचक ४.४५ अंकले घटेको हो । अघिल्लो दिनको तुलनामा थप ०.१६ प्रतिशतले घटेपछि आज नेप्से २ हजार ७ सय ११.४५ विन्दुमा रोकिएको छ ।

आज कारोबारमा आएकामध्ये ११३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १२२ वटा कम्पनिको घटेको छ । बाँकी ७ वटा कम्पनीको स्थिर रह्यो ।

जसअनुसार ९० हजार ७ सय ५२ पटकको कारोबारमा १ करोड ९१ लाख ८१ हजार ४ सय १४ कित्ता सेयर किनबेच भएका थिए भने सो किनबेचमा करिब ८ अर्ब ९५ करोड ८० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको जनाइएको छ ।

Top Changing Nepal

सम्बन्धित समाचार

युट्युब सट्स