महिला टी२०आई त्रिकोणीय क्रिकेट शृङ्खलाकि उत्कृष्ट नेपाली खेलाडी यामाहा रेजेडआर १२५एफआई हाइब्रिडबाट पुरस्कृत
काठमाडौं । सहभागी तीन राष्ट्रहरू नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डले प्रस्तुत गरेको रोमाञ्चक प्रदर्शन, दृढ संकल्प र उत्कृष्ट खेल भावना सँगै नेपालमा आयोजित महिला टी२०आई त्रिकोणीय क्रिकेट शृङ्खला २०२५ सम्पन्न भएको छ। प्रतियोगिताको टाइटल प्रायोजकको रूपमा यामाहा नेपालले शृङ्खलाकि उत्कृष्ट नेपाली खेलाडीलाई उनको अविश्वसनीय योगदानको प्रशंसास्वरूप ब्रान्ड न्यू यामाहा रेजेडआर १२५एफआई हाइब्रिड प्रदान गर्दै नेपाली महिला क्रिकेटको उपलब्धिलाई सम्मान गरेको छ।
फाइनल खेलपछि आयोजित समारोहमा एमएडब्ल्यू राइड्सकी मार्केटिङ प्रमुख सलिना शर्माले नेपाली क्रिकेट टोलीकी सदस्य पुजा महतोलाई शृंखलामा देखाएको प्रदर्शन, समर्पण र प्रतियोगितामा राखेको प्रभावको कदर गर्दै स्कुटरको साँचो हस्तान्तरण गरिन्। यो पुरस्कार नेपाली खेलकुद, विशेष गरी देशमा महिला क्रिकेटको उदयको लागि यामाहाको निरन्तर समर्थनको प्रतीक हो।
यो प्रतियोगिता नेपालमा महिला क्रिकेटको बढ्दो लोकप्रियताको प्रमाण हो भने यामाहा नेपालले असाधारण प्रतिभाको पहिचान गर्न र उनलाई पुरस्कृत गर्न पाउँदा सम्मानित अनुभव गरेको जनाएको छ। यामाहा नेपाल यस यात्राको हिस्सा हुन पाउँदा गर्व गर्दछ र खेलाडीहरूलाई सशक्त बनाउने, खेल भावना जगाउने र अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको उपस्थितिलाई उकास्ने हरेक प्लेटफर्मलाई समर्थन गर्न प्रतिबद्ध रहेको बताइएको छ। यो प्रायोजन र कदरसँगै यामाहा नेपाल मैदान भित्र र बाहिर दुवैमा प्रदर्शन, जोश र दृढताप्रतिको आफ्नो समर्पणलाई सुदृढ पार्दै नेपालको खेलकुद क्षेत्रसँगको आफ्नो सम्बन्ध बलियो बनाउन क्रियाशील छ।
श्रृंखलाकि सर्वश्रेष्ठ नेपाली खेलाडीलाई प्रस्तुत गरिएको यामाहा रेजेडआर १२५एफआई हाइब्रिड यसको उत्कृष्ट इन्धन दक्षता, हल्का तौलयुक्त डिजाइन, हाइब्रिड पावर असिस्ट टेक्नोलोजी र उन्नत सुविधाहरूको लागि परिचित छ जसले यसलाई प्रतियोगिताभरि छाएका स्पीड, एजिलिटी र रेजिलियन्सलाई मूर्त रूप दिने च्याम्पियनहरूको लागि एक उत्तम सवारी बनाउने कम्पनीको दाबी छ ।
एमएडब्लू अन्तर्गतको यामाहा नवीनता, प्रदर्शन र विश्वसनीयताको लागि परिचित नेपालकै अग्रणी दुई पाङ्ग्रे ब्रान्ड हो। नेपाली बजारमा बलियो उपस्थिति भएको यामाहा खेलकुदलाई समर्थन गर्न, युवाहरूलाई सशक्त बनाउन र विश्वस्तरीय सवारी अनुभवहरू प्रदान गर्न सधैं प्रतिबद्ध रहेको बताइएको छ ।

सम्बन्धित समाचार
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
नाडाको ५० वर्षे यात्राः ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने
एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्रर्याकिङ प्रणाली सुरु : अनलाइनबाटै कर्जा आवेदनदेखि स्थिति हेर्नसम्म सकिने
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

