नाडाको सहयोगमा पोखरामा ‘नाडा प्रिजेण्ट्स् वाडा अटो शो २०२५’ आयोजना हुने, बुकिङ्ग खुल्ला
काठमाडौं । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को सहयोगमा पोखरामा वाडा अटो शो आयोजना गरिने भएको छ। ‘नाडा प्रिजेण्ट्स् वाडा अटो शो २०२५’ आगामी चैत्र १४ देखि १७ सम्म पोखराको प्रदर्शनी केन्द्रमा आयोजना हुन् लागेको बताइएको छ । यसका लागि वाडाले बिहिबार देखि बुकिङ्ग खुल्ला गरेको जनाएको छ ।
नाडाले यसअघि २०८१ पौष २० गते काठमाडौंमा आफ्नो संस्थागत सदस्य पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एसोसिएशन (वाडा) का पदाधिकारी तथा सदस्यहरू बीच पोखरामा पहिलो पटक वाडा अटो शो आयोजना गर्ने सम्बन्धमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । प्रदर्शनीमा भाग लिने सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा यस वर्ष पहिलो पटक पोखरामा वाडा अटो शो आयोजना गर्न लागिएको बताइएको छ।
नाडा प्रिजेण्ट्स् वाडा अटो शोमा २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, हेभि कमर्शियल तथा मेसिनरी इक्युप्मेन्ट्स्, वित्तिय संस्था, इन्स्योरेन्स, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुलाई समुह अनुसार छुट्टाइएको हुँदा सोही अनुरुप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था मिलाइएको छ।
वाडाका अध्यक्ष दिपेन्द्र कोइरालाले भने – अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सृजनाका लागि विषेश योगदान पु¥याउदै आईरहेको सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी, कर्मचारी एवं आम उपभोक्ताहरूलाई यस नाडा प्रिजेण्ट्स वाडा अटो शो २०२५ ले सकारात्मक उर्जा एवं नविनतम् प्रविधिहरुको साक्षात्कार गराउने वाडाले अपेक्षा समेत राखेको छ । यसै क्रममा नाडाले सम्भाव्यता अध्ययनगरी आफ्ना प्रदेश एशोसिएशनहरु मार्फत नेपालका अन्य मुख्य मुख्य सहरहरुमा अटो प्रदर्शनीको आयोजना गर्ने बताइएको छ ।
सम्बन्धित समाचार
‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु,हेर्नुहोस् फोटो फिचरमा
१८औं नाडा अटो शो भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुदैँ : जी १ ह्युमनोइड रोबोट र गो २ क्वाड्रुपेड रोबोट प्रमुख आकर्षण
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
नाडाको ५० वर्षे यात्राः ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

