Jankari Kendra
५ भाद्र २०८३, शुक्रबार
Worldlink

पत्रकार महतको उपचारका लागि चन्द्रपुर अस्पतालका सबैले एक दिनको तलब सहयोग

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, फाल्गुन, २०
पत्रकार महतको उपचारका लागि चन्द्रपुर अस्पतालका सबैले एक दिनको तलब सहयोग

रौतहट। रौतहटका पत्रकार फणिदेव महत उपचारका लागि  चन्द्रपुर अस्पताल प्रालि अस्पतालमा कार्यरत डाक्टरसहित सम्पूर्ण कर्मचारीहरूले एक दिनको तलब बराबरको रकम सहयोग गरेका छन्।

ब्रेन ट्यूमर रोगसँग जुधिरहेका पत्रकार महतको उपचारमा थोरै भए पनि मद्दत पुगोस भन्ने उद्देश्यले अस्पतालका सम्पूर्ण कर्मचारीले एक दिनको तलव बराबरको रकम दिएको चन्द्रपुर अस्पतालका प्रमुख डाक्टर सुभाष चौधरीले न्युज कारखानालाई बताएका छन्।

अस्पताल परिसरमा मंगलबार एक कार्यक्रमको आयोजना गरी डाक्टर चौधरीले पत्रकार महतको शीघ्र स्वास्थ्य लाभको कामनासहित रकम हस्तान्तरण गरेका छन्।

चन्द्रपुर अस्पताल प्रालिका प्रमुख डाक्टर सुभाष चौधरीले विभिन्न सामाजिक कार्यमा निरन्तर योगदान पुर्‍याउँदै आएका छन्।

चन्द्रनिगाहपुर घर भएका पत्रकार महत पछिल्लो केही वर्षदेखि ब्रेन ट्युमरको उपचारको लागि राजधानी काठमाडौंदेखि भारतको राजधानी दिल्लीसम्म धाइरहेका छन्।

उनको ब्रेन ट्युमरको अपरेसन समेत भएको थियो तर अपेक्षा अनुसार सुधार देखिएको छैन।

Top Changing Nepal

युट्युब सट्स