नेपाल सुपर लिग २०२५ मा खल्ती र आइएमई पे को टिकटिङ साझेदारी
काठमाडौं । यहि चैत्र १६ देखि वैशाख १३ सम्म दशरथ रंगशालामा हुन गइरहेको नेपाल सुपर लिग २०२५ को तेस्रो संस्करणमा खल्ती र आइएमई पे एकसाथ टिकटिङ पार्टनरका रूपमा आबद्ध भएका छन्।
फुटबल फ्यानहरूले खल्ती एप वा आइएमई पे एप जुन कुनै माध्यमबाट पनि सजिलै टिकट काट्न सक्नेछन् भने स्टेडियममै पुगी आफ्नो मनपर्ने टोली र खेलाडीका लागि हुटिङ गर्न, हरेक गोल र सेभको मजा लिन सक्नेछन्।
नेपाल सुपर लिगका यो भन्दा अघिल्ला संस्करणहरूमा ‘आइएमई पे’ र नेपाल प्रिमियर लिग, अर्जुन ट्रफी, ईन्टरनेसनल उमन्स च्यामपेन्सिप जस्ता खेलकुद लिगमा ‘खल्ती’ टिकटिङको पार्टनरको सफल रूपमा प्रस्तुत भइसकेका छन् भने यी दुवै डिजिटल वालेटको यस संयुक्त टिकटिङ साझेदारीले नयाँ ऊर्जा थप्ने कुरामा विश्वस्त रहेको साझेदारहरू बताउँछन् ।
श्रेयान्स कार्की, नेपाल सुपर लिग (NSL) का प्रबन्ध निर्देशक, आफ्नो उत्साह व्यक्त गर्दै भने, : “नेपालका दुई विश्वसनीय डिजिटल भुक्तानी प्लेटफर्म, Khalti र IME Pay सँग साझेदारी गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं। यो साझेदारीले टिकटिङलाई सरल बनाउनेछ र दर्शकहरूले सहज रूपमा आफ्नो सिट सुरक्षित गर्न सक्नेछन्। हाम्रो लक्ष्य NSL को अनुभवलाई अझ सरल, इन्टरेक्टिभ र सहज पहुँचयोग्य बनाउने हो।”
आइएमई पेका कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने, : “नेपाल सुपर लिगको साझेदार हुन पाउँदा आइएमई पे गर्वान्वित छ। Khalti र NSL सँग सहकार्य गर्दै नेपाली फुटबलको विकासमा योगदान र खेलप्रेमीहरूको अनुभवलाई डिजिटल सलुसनद्वारा थप सहज बनाउने लक्ष्य राखेका छौँ।”
खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “नेपाल प्रिमियम लिग र अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको अपार सफलतापछि, आइएमई पे र नेपाल सुपर लिगसँग यो यात्रामा जोडिन पाउँदा हामी उत्साहित छौँ। हामी, स्वयं खेलप्रेमीको रूपमा, दर्शकहरूलाई अनलाइन प्लेटफर्म मार्फत सजिलै आफ्नो सिट सुरक्षित गर्ने सुविधा प्रदान गर्न पाउँदा खुसी छौँ। हामी दशरथ रंगशालामा गुन्जिने नाराहरू, त्यो जोस र उमंग अनुभव गर्न प्रतीक्षारत छौँ। अब गुन्जिनेछ रंगशाला, अब गुन्जिनेछ नेपाल ।”
एनएसएलको यो संस्करणमा सात उत्कृष्ट फुटबल क्लबहरू-ललितपुर सिटी, काठमाडौं रेजर्स, बुटवल लुम्बिनी, झापा, चितवन, पोखरा थन्डर र धनगढी-बीच रोचक प्रतिस्पर्धा हुनेछ।
सम्बन्धित समाचार
भारत नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटि थप सुदृढ,यूपीआईमार्फत सहज बन्दै सीमापार कारोबार
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री
अब सरकारी कर्मचारीले पाउँनेछन् १५-१५ दिनमा तलबभत्ता
एआईको निर्णयमा कर्मचारी बर्खास्त,विश्वमै पहिलो घटना भएको दाबी
चीनले विकास गर्यो धुलोभन्दा सानो चिप्स,पानीमुनी रहेका जहाज (पनडुब्बी) पत्ता लगाउन सक्ने दाबी
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

