Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

विप्लब माओवादीद्वारा सेभ द चिल्ड्रेनको कार्यालयमा आक्रमण

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, जेष्ठ, २५
विप्लब माओवादीद्वारा सेभ द चिल्ड्रेनको कार्यालयमा आक्रमण

नेकपा माओवादीका कार्यकर्ताले सोमवार  राति ११ बजे सेभ द चिल्ड्रेनको सिन्धुपाल्चोक कार्यालय चौतारामा आक्रमण गरेका छन् ।

पाँच/छ जनाको समूहमा आएका नेत्रविक्रम चन्द नेतृत्वको दलका कार्यकर्ताले चौतारास्थित कार्यालयमा प्लास्टिकको बोतलमा पेट्रोल हाली आक्रमण गरेको र आक्रमणबाट परिसरभित्र पार्किङ गरिराखिएको बा१३च ५९१४ नको स्कार्पियो गाडीमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

यसैबीच सो दलले विज्ञप्ति जारी गरी भूकम्पपछि जिल्लामा पुनःनिर्माण र राहत वितरण गर्दैआएका गैरसरकारी संस्था सेवामुखीभन्दा पनि कमाउमुखी बन्दै गएका कारण आक्रमण गर्नुपरेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ– “निश्चित व्यापारीसँग मिलेर कमिसन लिई जनतालाई निश्चित पसलमा सामग्री खरिद गर्न बाध्य बनाएको, सामानको मूल्य साबिकको भन्दा दोब्बर पार्न लगाएको, रु पाँच अर्बभन्दा बढीका काम गरे पनि कुनै हिसाब किताब पारदर्शी नभएको र संस्थाले वितरण गरेको राहत सामग्री गुणस्तरहीन भएकाले आक्रमण गरेका हौँ ।”

naima expoTop Changing Nepal

युट्युब सट्स