‘विप्लव’ माओवादीको नेपाल बन्द, विभिन्न ठाँउमा अागजनि, तोडफोड र पक्राउ
जानकारी केन्द्र
२०७३, जेष्ठ, २७
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले बढ्दो महँगी, भ्रष्टाचार, राष्ट्रघाट र आफ्ना कार्यकर्ताहरूलाई देशव्यापी पक्राउलगायत विरुद्ध आज बिहीबार नेपाल बन्दको आह्वान गरेको छ। बन्दका कारण लामो तथा छोटो दूरीका सार्वजनिक सवारीहरु चल्न नसक्दा यात्रुहरु मारमा परेका छन् । निजी सवारी साधनहरु फाटफुट चले पनि सार्वजनिक सवारीहरु चल्न सकेका छैनन् । ठाउँ ठाउँमा यातायातमा तोडफोड र आगजनी भने भएको छ । काठमाडौंको कोटेश्वरमा एउटा ट्याक्सीमा आगजनि भएको छ ।त्यस्तै त्रिपुरेश्वरमा साझाबसमा तोडफोड भएको समाचार छ भने झापामा चारवटा मालवाहक गाडी तोडफोड गरिएको छ।
कलंकीबाट ६ जना, रत्नपार्कबाट १० जना, बालाजुबाट ५ जना, बानेश्वरबाट २ जना र तीनकुनेबाट १ जना पक्राउ गरिएको प्रहरीले बताएको छ ।बन्दका बेला दुध बोक्ने गाडी, स्वास्थ्यसँग सम्बन्धी गाडी, प्रेस, कुटनीतिक नियोग आदिका गाडी भने बन्द नगरेको बन्दकर्ताले बताएका छन
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


