कुवेतले नेपालको लागि दियो १ सय ७५ रनको लक्ष्य
काठमाडौँ । हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजको फाइनलखेलमा नेपालले जितका लागि १७५ रनको लक्ष्य पाएको हो । चारदेशिय टी–२० सिरिजको उपाधिका लागि आइतबार कुवेतले नेपाललाई १७५ रनको लक्ष्य प्रस्तुत गरेको हो ।
कुवेतविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका थिए । नेपालले तीन खेलमा जित निकालेको छ भने यता, कुवेत भने लिग चरणमा दोस्रो हुँदै फाइनलमा पुगेको हो।
नेपाल, कुवेत, हङकङ र कतार सहभागी प्रतियोगिताको समूह चरणमा नेपाल उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थानमा रह्यो। नेपालले कतार र कुवेतविरुद्ध जित निकालेको थियो भने हङकङसँगको खेल वर्षाका कारण रद्द भयो । त्यसपछि ३ खेलमा ५ अंक जोड्दै नेपाल फाइनलमा पुगेको हो ।
कुवेतले हङकङ र कतारलाई हराए पनि नेपालसँगको खेलमा हार बेहोरेको थियो । २ जितसहित उसले ४ अंक जोड्दै दोस्रो स्थानमा रह्यो। घरेलु टोली हङकङ भने ३ अंकमै रोकिँदै फाइनल पुग्न असफल रह्यो ।
सम्बन्धित समाचार
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

