नेपालमा रोबर्टो कार्लोसले चढे एक्सपेङ जी सिक्स
काठमाडौं । ब्राजिलका महान फुटबलर रोबर्टो कार्लोसको नेपाल सुपर लिगका विशेष अतिथिका रूपमा नेपाल आगमन हुनु नेपाली खेलकुदको इतिहासमा एक उल्लेखनीय क्षण बनेको छ ।अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने र नेपाली फुटबललाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित आयोजना भइरहेको यस लिगसँग सहकार्य गर्न पाउनु सिजी मोटर्सको लागि गौरवको विषय भएको बताइएको छ।
नेपाल सुपर लिगको आधिकारिक मोबिलिटी पार्टनरको रूपमा सिजी मोटर्सको एक्सपेङ जी सिक्सले फुटबलर कार्लोसको सम्पूर्ण नेपाल यात्रालाई सहज, सुरक्षित र सम्मानजनक बनाउँदै लिगको समग्र मूल्यवृद्धिमा योगदान पुर्याउनेछ।

यस अवसरमा एक्सपेङ जी सिक्स र फुटबलर कार्लोसबीचको प्रतीकात्मक समानता उल्लेखनीय रहेको बताइएको छ। जी सिक्स उच्च प्रविधि, उत्कृष्ट गति, विद्युतीय दक्षता र आधुनिक डिजाइनको समायोजन हो, जसरी कार्लोस आफैं तीव्रता, रणनीति र प्रेरणादायी उपस्थिति सहित मैदानमा उत्रिन्थे।
० देखि १०० किलोमिटर प्रति घण्टा मात्र ६.६ सेकेन्डमा पुग्ने र ४३५ किलोमिटरको रेन्ज दिने क्षमता भएको एक्सपेङ जी सिक्स, नवप्रवर्तन र गतिशीलताको प्रतीक बनेको कम्पनीले जनाएको छ ।
एक्सपेङ जी सिक्स लाई एक उत्कृष्ट इलेक्ट्रिक गाडीको रूपमा चिनिन्छ, जसले ५-स्टार एनसीएपी सुरक्षा रेटिङ पाएको बताइएको छ। यसमा स्वचालित ड्राइभिङ प्रविधि, शक्तिशाली १९० किलोवाट मोटर र ४४० एनएम टर्क उपलब्ध रहेको जनाइएको छ।

सम्बन्धित समाचार
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
नाडाको ५० वर्षे यात्राः ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने
एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्रर्याकिङ प्रणाली सुरु : अनलाइनबाटै कर्जा आवेदनदेखि स्थिति हेर्नसम्म सकिने
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

