अमिर खानले १ हजार कराेड लगानीमा ‘महाभारत’ बनाउने
मुम्बई । अन्ततः बलिउड सुपरस्टार आमिर खानले पौराणिक फिल्म महाभारत बनाउन लागेको जनाएका छन् ।
लामो समयदेखि महाकाव्य ऐतिहासिक कथा महाभारतलाई ठूलो पर्दामा ल्याउने प्रयासमा उनी लागेको भए पनि थप अपडेट दिएका थिएनन तर वर्षौंको योजनापछि अभिनेताले यसै वर्षदेखि नै यसमा काम सुरु गर्ने योजना बनाएको जनाएका हुन् ।
हलिउड रिपोर्टर इन्डियासँगको पछिल्लो अन्तर्वार्तामा दंगल स्टारले आफ्नो ड्रीम प्रोजेक्टको बारेमा केही अपडेटहरू सार्बजनिक गरेका छन् ।
जस अनुसार उनले निर्माताको रूपमा भुमिका निभाउने र अभिनय पनि गर्ने भएका छन । आफ्नो ठुलो महत्वाकांक्षा मध्येको एउटा चलचित्र महाभारतलाई यसै बर्षवाट सुटिङमा लैजाने पनि घोषणा गरेका छन् ।
उनका अनुसार यो चलचित्र धेरै भागमा बनाइनेछ । तर, निर्देशकको बारेमा सोध्दा उनले नाम भने तत्काल बताउन अस्वीकार गरेका छन । तर, सबै पार्ट एकै पटक फिल्म गर्ने योजना भएकाले धेरै निर्देशकले निर्देशन गर्न सक्ने उनको भनाई रहेको छ ।
तर, यसै बर्ष सुटिङ सुरू गरे पनि फिल्मलाई फ्लोरमा लैजान भने केही वर्ष लाग्ने आमिरले बताएका छन् । अमिरका अनुसार महाभारत परियोजना १००० करोडभन्दा बढीको ठूलो बजेटमा बनाइनेछ । अन्य कुनै पनि भारतीय फिल्ममा यति लगानी कहिल्यै नभएको दावी पनि उनले गरेका छन् ।
यसैबीच, आमिर आफ्नो बहुप्रतिक्षित फिल्म ‘सितारे जमीं पर’ को रिलिजको लागि तयारी गरिरहेका छन्, जुन स्पेनिश फिल्म च्याम्पियन्स (२०१८) को हिन्दी रूपान्तरण हो। आर एस प्रसन्नाले निर्देशन गरेको यो चलचित्र यही वर्षको जुन २० मा रिलिज हुनेछ ।
साथै, अमिरले निर्देशक लोकेश कनागराज र सुपरस्टार रजनीकान्तको ‘कुली’ मा पनि केमियो भूमिका खेलेका छन्, जुन १४ अगस्टमा रिलिज हुने तय भइसकेको छ।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

