Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

बन्नेभयो राष्ट्रिय परिचयपत्र,२०७८ सालपछि नेपाली नागरिकता विस्थापन हुने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, जेष्ठ, ३१
बन्नेभयो राष्ट्रिय परिचयपत्र,२०७८ सालपछि नेपाली नागरिकता विस्थापन हुने

पाँच वर्षभित्र सबै नेपालीका हातमा स्मार्ट कार्ड पुर्‍याउने योजनासहित करिब ८५ करोड रुपैयाँबराबरको ठेक्का फ्रान्सेली कम्पनी मोर्फोलाई दिइएको छ दिइएको छ।

गृहका अनुसार ग्लोबल टेन्डरमा सहभागी ६ कम्पनीमध्ये सबैभन्दा कम बोलकबोल गर्ने मोर्फोलाई प्रक्रिया थाल्न राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले स्विकृति दिएको कारोबार दैनिकमा खवर छ ।

गृहले आइतबार स्मार्ट कार्ड मोर्फो कम्पनीलाई दिने अन्तिम निर्णय गरेको हो । गृहका प्रवक्ता यादवप्रसाद कोइरालाका अनुसार एसियाली विकास बैंकको अनुदानमा जारी गर्न लागिएको स्मार्ट कार्ड पूर्ण कार्यान्वयनमा आएसँगै २०७८ सालपछि नेपाली नागरिकता विस्थापन हुनेछ ।

टेन्डर पाएको कम्पनीले पहिलो चरणमा १ लाख १७ हजार थान स्मार्ट कार्ड उपलव्ध गराउने जनाइएको छ।

 

naima expoTop Changing Nepal

युट्युब सट्स