हुन्डाई नेपालद्वारा बुटवल–भैरहवामा नयाँ क्रेटा ईभी सार्वजनिक : ३० भन्दा बढी क्रेटाको बुकिङ, १० क्रेटा ईभी ग्राहकहरूलाई हस्तान्तरण
काठमाडौं । क्रेटा ईभीले अहिले देशभर चर्चा पाइरहेको छ । नेपालका लागि हुन्डाई सवारी साधनको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बुटवल–भैरहवा क्षेत्रमा नयाँ क्रेटा ईभी को सार्वजनिक प्रदर्शनसहित विशेष अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। कार्यक्रममा स्थानीय उपभोक्ताहरूको उल्लेखनीय सहभागिता र उत्साहजनक प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ।
कार्यक्रम बुटवलको सिद्ध विनायक मोटोकर्प प्रा.लि. र भैरहवाको जगत मोटर्स प्रा.लि.को संयुक्त आयोजनामा भव्य रूपमा सम्पन्न भयो। सो अवसरमा ३० भन्दा बढी क्रेटा ईभी को बुकिङ सुनिश्चित गरिएको छ भने १० युनिट ग्राहकहरूलाई सोही स्थानबाट हस्तान्तरण गरेको कम्पनीले बताएको छ ।
वटुवल–भैरहवा क्षेत्रमा हुन्डाईको एसेम्बली प्लान्ट रहेकाले पनि यस क्षेत्रका ग्राहकले हुन्डाईप्रति अत्याधिक विश्वास र भरोसा ब्याक्त गरेको कम्पनीले अनुमान लगाएको छ । कम्पनीका प्रनिनिधीहरुले कार्यक्रमका सहभागीहरुसंग प्रत्यक्ष संबाद गर्दै हुन्डाई गाडी सम्बन्धि विस्तृत जानकारी र आवश्यक सहयोग प्रदान गरेका थिए ।
उच्च गुणस्तरीय सेवा, उत्कृष्ट मूल्यमा विश्वसनीय गाडी र देशभर फैलिएको व्यापक नेटवर्कका कारण हुन्डाई नेपालले सम्पूर्ण उपभोक्ताहरूको मन जित्दै आफूँलाई नेपालको उत्कृष्ट अटो ब्रान्डको रुपमा स्थिापित गरिसकेको छ ।

कम्पनीका अनुसार, नयाँ क्रेटा ईभीको आगमनले बिद्युतिय सवारीवारे द्धिवधा भएका ग्राहकलाई स्पष्ट निर्णय लिन सजिलो बनाएको छ । धेरैलाई ईभी खरिद गर्दा स्पेयर पार्ट्सको उपलब्धता, सेवा शुल्क र दिर्घकालिन ब्रान्ड सपोर्टको विषयमा शंका पैदा हुने गरेकोको कम्पनीको बुझाई छ । हुन्डाईले नेपालमै क्रेटा आइसिई मोडलको उत्पादन थालिसकेको र क्रेटा ईभी तथा आइसिई दुबै मोडलमा एउटै प्लेटफर्म प्रयोग हुने भएकाले गाडी खरिद पछिको सेवा सुबिधामा कुनै समस्या नरहने विश्वास दिलाइएको छ ।
साथै, लक्ष्मी हुन्डाईले ईभी इकोसिस्टमलाई अझै मजवुत बनाउन रि–ल्याक्स चार्जिङको नेटवर्क विस्तार गरिरहेको छ । जसअन्तर्गत अहिले नै देशभरका विभिन्न स्थानमा रि–ल्याक्स डिसी र एसी गरी ६६ वटा चार्जर सुचारु छन् । यसले गर्दा ग्राहकहरुलाई हुन्डाईको पेट्रोल र ईभी कुनै पनि गाडि खरिद गर्दा सेवा, पार्ट्स र सपोर्टमा कुनै समस्या नहुने दाबी कम्पनीले गरेको छ ।
नेपालभर यो सन्देश फैलाउन कम्पनीको उच्च व्यवस्थापन टोली देशका विभिन्न शहरमा डिलरहरूसँग प्रत्यक्ष भेटघाट गरिरहेको छ । सोही अभियानअन्तर्गत कम्पनीले ३१ वैशाखमा सिद्धिविनायक मोटो कर्प प्रालि, बुटवल र जगत् मोटर्स प्रालि भैरहवा (हुन्डाईको आधिकारिक डिलर) को संयुक्त आयोजनामा बोधि भिल्ला, मणिग्राममा आयोजित विशेष भेटघाट कार्यक्रममा नयाँ क्रेटा ईभी सार्वजनिक गरेको थियो, जहाँ क्रेटा ईभीसहित हुन्डाईका अरु नयाँ मोडलहरू पनि प्रदर्शन गरिए ।
उक्त अवसरमा कम्पनीले आफ्नो ईभी इकोसिस्टम बलियो बनाउन रिल्याक्स चार्जिङ नेटवर्कको विस्तार गरिरहेको जनाएको छ। हालसम्म देशभर ६६ वटा डीसी र एसी चार्जिङ स्टेशन सञ्चालनमा आइसकेका छन् । कम्पनीले सफा, हरित र स्मार्ट भविष्यतर्फको यात्रालाई निरन्तरता दिँदै देशभर आफ्ना ग्राहकहरूसँगको सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता जनाएको छ ।
सम्बन्धित समाचार
‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु,हेर्नुहोस् फोटो फिचरमा
१८औं नाडा अटो शो भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुदैँ : जी १ ह्युमनोइड रोबोट र गो २ क्वाड्रुपेड रोबोट प्रमुख आकर्षण
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
नाडाको ५० वर्षे यात्राः ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

