Jankari Kendra
५ भाद्र २०८३, शुक्रबार
Worldlink

ललितपुरमा राष्ट्रव्यापी बक्सिङ च्याम्पियन सीप प्रतियोगिता हुने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, जेष्ठ, ३
ललितपुरमा राष्ट्रव्यापी बक्सिङ च्याम्पियन सीप प्रतियोगिता हुने

ललितपुरमा राष्ट्रव्यापी बक्सिङ च्याम्पियन सीप प्रतियोगिता हुने भएको छ । यहि जेठ ३ गते शनिबार बेलुका ३ बजे ललितपुर माहालक्ष्मी नगरपालिका लुभु विसुन्डोल गणेश मन्दिर परिसरमा राष्ट्रव्यापी माहालक्ष्मी बक्सिङ च्याम्पियन सीप संचालन हुने भएको छ ।

उक्त प्रतियोगिता स्कुल बक्सिङ ,सेमी प्रो प्रतियोगिताका साथै प्रोफेशनल बक्सिङ प्रतियोगिता सम्पन्न गरिने बताईएको छ । म्याक्स बक्सिङ प्रमोशन र ललितपुर बक्सिङ एकेडेमीको संयुक्त आयोजनामा स्थानीय निकाय तथा स्थानीय संघसंस्थासंगको सहकार्यमा संम्पन्न हुन गैरहेको च्याम्पियन सीप प्रतियोगितामा १२ वटा बाउट रहने म्याक्स बक्सिङ प्रमोसनका संचालक म्याक्स बस्नेतले बताएका छन् ।

उक्त प्रतियोगितामा नेपाल अधिराज्य भरीबाट सहभागिता रहने बताईएको छ । उक्त प्रतियोगितामा नेपाल प्रो बक्सिङको मापदण्ड अनुसार संचालन हुने छ भने प्रतियोगितामा भाग लिने बेस्ट प्रेयरले बिदेशमा हुने प्रतियोगितामा समेत सहभागी हुन अवसर प्राप्त गर्ने बताईएको छ । साथै  उक्त प्रतियोगिताका बिजेताहरुलाई मेडल तथा पुरस्कार पनि वितरण गरिने बताईएको छ ।

नेपालका समग्र खेल जगतलाई अन्तर्राष्ट्रिय स्तरसम्म प्रतिस्पर्धा गर्न सक्षम बनाउन स्थानीय स्तरबाट पनि महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै समग्र खेल विकासलाई सहयोग पुग्न सक्ने उदाहरणका रूपमा पनि यस प्रतियोगितालाई लिन सकिने म्याक्स बस्नेतले बताएका छन् ।

Top Changing Nepal

युट्युब सट्स