नयाँ शक्तिले सांसद बन्न स्नातक हुनुपर्ने प्रस्ताव हटायो
जानकारी केन्द्र
२०७३, असार, १
भर्खरै घोषणा गरिएको बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले प्रत्यक्ष निर्वाचित सांसद बन्न स्नातक हुनुपर्ने प्रस्तावलाइ तत्काललाई अघि नबढाउने निर्णय गरेको छ ।
सोमबार सुरू भएको छलफल सत्रमा प्रतिनिधिले समूहगत छलफलमा सो विषय उठाए पनि तत्काल निर्णय नलिइने पार्टी प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिएका छन् । आधिकारिक दस्तावेजमा सो विषय नरहेको भन्दै देवकोटाले बहस भने जारी राखिने बताए ।
यसैगरी नयाँ शक्तिले नयाँ केन्द्रीय समिति चयन नगरी राष्ट्रिय भेला टुंग्याउने निर्णय गरेको छ । १२ वटा समूहमा विभाजित प्रतिनिधिले तीन वटा कार्यपत्रमाथि टिप्पणी गरिरहेका छन् ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


