Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

रसुवामा स्याउको डिब्बा गाडीबाट साढे सात किलो सुन बरामद

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, जेष्ठ, ५
रसुवामा स्याउको डिब्बा गाडीबाट साढे सात किलो सुन बरामद

काठमाडौं। प्रहरीले रसुवाबाट सात किलो ६५३ ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ।  गोसाइँकुण्ड गाउँपालिका-२ रसुवागढी नाकाबाट आइतबार अपराह्न प्रहरीले सुनसहित एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका-५ स्याफ्रुबेसीका २४५ वर्षीय किशोर भुजेल रहेको रसुवा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए।  चीनबाट आइरहेको बा ४ ख ६२०१ नम्बरको स्याउको डिब्बा गाडीबाट सुन बरामद भएको शाहीले बताए। भुजेल सो गाडीका चालक हुन्।

‘स्याउ बोकेर आएको डिब्बा गाडी चेकजाँच गर्दा सुन फेला परेको हो,’ शाहीले भने। बरामद सुनबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

Top Changing Nepal

युट्युब सट्स