हुन्डाई इलेक्ट्रिक गाडीमा प्रि-बजेट अफर, यस्ता छन् सुविधा
काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई इलेक्ट्रिक सवारी साधनहरूमा आकर्षक प्रि-बजेट अफर ल्याएको छ।
यो अफर सीमित समयको लागि २०८२ जेठ ५ गतेदेखि २०८२ जेठ १४ गतेसम्म लागू हुनेछ । हुन्डाई कोना इलेक्ट्रिक, आयोनिक ५ र क्रेटा ईभीमा सो अफर लागु गरिएको छ।
यो अफर नेपाली उपभोक्ताहरूको बीचमा विद्युतीय सवारी साधनको पहुँचलाई बढाउन डिजाइन गरिएको कम्पनीले जनाएको छ।योजनाअन्तर्गत नयाँ हुन्डाई कोना इलेक्ट्रिक, आयोनिक ५ र क्रेटा इभी खरिद गर्ने ग्राहकहरूले प्रोत्साहनस्वरूप विभिन्न लाभ उठाउनेछन्।
कम्पनीका अनुसार प्रि-बजेट छुट योजनाको मुख्य विशेषताहरूमा निःशुल्क बीमा रहेको छ, जसमा ग्राहकहरूले आफ्नो नयाँ हुन्डाई इभीको लागि निःशुल्क बीमा कभरेज प्राप्त गर्नेछन्। साथै यस अफरमा ग्राहकहरूले सडक करसमेत निःशुल्क पाउने छन्।
यसका साथै तीनवटै मोडलहरूमा विशेष नगद छुट प्रदान गरिनेछ, जसले यी अत्याधुनिक विद्युतीय सवारी साधनहरूलाई पहिलेभन्दा बढी किफायती बनाउने कम्पनीको दाबी रहेको छ।
यो प्रि-बजेट योजना ग्राहकहरूलाई विशेष अफरसहितको सुविधा प्रदान गर्न ल्याइएको हो। लक्ष्मी हुन्डाईले री- लाक्स चार्जिङ नेटवर्क विस्तार गरेर ईभी इकोसिस्टमलाई अझ बलियो बनाएको छ। हाल देशभरका विभिन्न स्थानहरूमा डिसी र एसी दुवै प्रकारका ६६ सक्रिय चार्जर स्टेसन रहेका छन्।
सम्बन्धित समाचार
गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६ः शीर्ष ६ फाइनलिस्ट घोषणा
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

