बाख्रा खोल्ने क्रममा चट्याङग लागेर वृद्धको मृत्यु
जानकारी केन्द्र
२०८२, असार, १
रौतहट । रौतहटको मध्यभाग गरुडा नगरपालिका अन्तर्गत आज बिहान चट्याङ लागेर एकजना वृद्धको मृत्यु भएको छ।
चट्याङ लागेर गरुडा नगरपालिका १ जयनगर बस्ने बर्ष ६५ को सियाराम वनियाको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताए ।
आज बिहान सवा ८ बजेको समयमा जयनगर स्थित वनिया आफ्नै घर अगाडी बाँधेको बाख्रा खोल्ने क्रममा अचानक चट्याङग लागी गम्भीर घाईते भएका थिए।
घाईते बनियाको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा बिहान १० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहट द्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
रौतहटमा शनिवार देखी फाटफुट र आज बिहान देखी पानी परिरहेको छ। पानी पारेपछि गर्मिबाट केही राहत महसुस भएको छ।
सम्बन्धित समाचार
नाडाको ५० वर्षे यात्राः ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने
एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्रर्याकिङ प्रणाली सुरु : अनलाइनबाटै कर्जा आवेदनदेखि स्थिति हेर्नसम्म सकिने
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
म्याक्ससको ४४ युनिट बुकिङ,नाइमाको अफर भदौ १५ सम्म
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

