गरुडा नगरपालिकामा किसानलाई कृषि बिजुली निःशुल्क
रौतहट । रौतहटको गरुडा नगरपालिकाले पनि किसानले सिंचाई प्रयोजनको लागी चलाएको कृषि मीटरको विद्युत महशुल भुक्तानी गरेको छ।
जिल्लाको १८ पालिका मध्ये यस अघी मौलापुर, फतुवा बिजयपुर र बौधिमाई नगरपालिकाले नगरवासीको विधुत महशुल भुक्तानी गर्दै आएको थियो ।
अब गरुडा नगरपालिकाका मेयर कन्थमणि प्रसाद जैसवालको पहलमा यस आर्थिक बर्ष देखि कृषिमीटरको विद्युत महशुल नगरकोष बाट बुझाउन सुरु गरिएको हो।
वडा १ देखि ८ सम्मका कृषक द्वारा सिंचाईका लागि जडान गरिएका कृषिमिटरको विद्युत महशुल १० लाख ३२ हजार ४७९ रुपैयाँ नेपाल विद्युत प्राधिकरण गौर शाखामा सोमवार बुझाएको मेयर जैसवालले बताएका छन्।
छुटेका वडा ९ को सेवा केन्द्र अर्थात विद्युत प्राधिकरण शाखा चन्द्रपुर रहेकोले सोको भुक्तानी केही दिन भित्रै गरिने उनले जानकारी दिएका छन्।
गरुडा नगरपालिकाको आर्थिक वर्ष ०८१/०८२ को बजेटमा प्रस्तुत गरिएको प्रतिबद्धता अनुसार कृषि मीटरको विधुल महशुल भुक्तानी गरिएको हो, कृषि मिटर लिएका किसानहरूको पहिला देखि बाँकि रहेको कृषि मिटरको बिल समेत समेटिएको प्रमुख प्रशासकीय अधिकृत उस्ताख आलमले न्युज कारखानालाई बताए ।
गरुडा नगरपालिकाले कृषि तथा सिँचाइ क्षेत्रलाई बलियो र उत्पादनमुखी बनाउने निरन्तर प्रयास गर्दै आएको जनाएको छ। आगामी दिनहरूमा पनि कृषकहरूको हितका लागि आवश्यक पहलहरू तीव्र गतिमा अघि बढाइने प्रशासकिय अधिकृत आलमले जानकारी दिएका छन्।
यसअघि मौलापुर र फतुवा बिजयपुर नगरपालिकाले नगरवासीको घरायसी र कृषी प्रयोजनको लागी उठ्ने सम्पूर्ण विद्युत महशुल भुक्तानी गर्दै आएको छ। त्यस्तै बौधिमाई नगरपालिकाले किसानको सिंचाईको लागि प्रयोग गरिने कृषि मिटरको विद्युत महशुल तिर्दै आएको छ।
सम्बन्धित समाचार
नाडाको ५० वर्षे यात्राः ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने
एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्रर्याकिङ प्रणाली सुरु : अनलाइनबाटै कर्जा आवेदनदेखि स्थिति हेर्नसम्म सकिने
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
म्याक्ससको ४४ युनिट बुकिङ,नाइमाको अफर भदौ १५ सम्म
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

